सोमबार ०८ बैशाख, २०८२
Monday, April 21, 2025

कीर्तिपुर–१ को वडाध्यक्षमा कांग्रेसका महर्जन विजयी

काठमाडौँ- कीर्तिपुर नगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका इच्छा कुमार महर्जन विजयी भएका छन् । महर्जनले ५६२ मत पाएर विजयी भएका हुन् ।

नेकपा एमालेका हर्ष महर्जनले ४ ९८ मत प्राप्त गरेका छन् भने नेकपा माओवादी केन्द्रका उम्मेदवार सरल गोपाल महर्जनले १७३ मत प्राप्त गरे ।

यसअघि यो वडामा कांग्रेसका हिरा लाल महर्जन विजयी भएका थिए ।