सोमबार ०८ बैशाख, २०८२
Monday, April 21, 2025

कांग्रेसले जितेको स्वामीकार्तिक खापरको उपाध्यक्ष एमालेले खोस्यो, भण्डारी निर्वाचित

काठमाडौँ- बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा नेकपा (एमाले)की सुलोचना भण्डारी निर्वाचित भएकी छन् । भण्डारीले १७४० मत पाएर विजयी भएकी हुन् ।

उनको प्रतिस्पर्धी नेपाली कांग्रेसकी पुल्तीसरा शाहीले १४७४ मत पाइन् । त्यस्तै एकीकृत समाजवादीकी जपा शाहीले ५५३ मत पाइन् ।

नेकपा माओवादी केन्द्रका उम्मेदवारले एमालेलाई समर्थन गर्दै प्रतिस्पर्धाबाट बाहिरिएका थिए भने पार्टीले समाजवादीलाई समर्थन गर्ने बताएको थियो ।

यसअघि गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसकी मैना जोशी निर्वाचित भएकी थिइन् ।