भारतको आर्थिक वृद्धिदर सुस्तायोः ५.४ प्रतिशत झर्यो
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा गिरावट आएको छ। अघिल्लो त्रैमासिकमा ६.७ प्रतिशतको तुलनामा उल्लेखनीय गिरावट भएको आधिकारिक तथ्यांकले शुक्रबार देखाएको छ ।
यो तथ्यांकपछि १८ महिनाभन्दा बढी समयदेखि ६.५ प्रतिशतमा स्थिर राखेको भारतीय रिजर्भ बैंकमाथि ब्याजदर घटाउन दबाब पर्ने सम्भावना छ। भारतीय अर्थतन्त्र अघिल्लो अप्रिल–जुन त्रैमासिकमा ६.७ प्रतिशतले वृद्धि भएको थियो।
विभिन्न विश्लेषकहरूका अनुसार सेप्टेम्बरमा जवृद्धि वार्षिक रूपमा ६.५% हुने अपेक्षा गरिएको थियो । जुन केन्द्रीय बैंकको ७% प्रक्षेपण र अघिल्लो त्रैमासिकको ६.७% दुवै भन्दा कम रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
आर्थिक वृद्धिको मध्यमस्तरको परिवर्तन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकार तथा भारतीय जनता पार्टी (भाजपा)का लागि अप्रिय समाचार बनेको छ । भारतमा बढ्दो खाद्यान्न लागतले मोदी सरकारलाई चुनौती थपिएको छ। साथै केन्द्रीय बैंकलाई मुद्रास्फीतिमा नरम कदम चाल्न पनि असहज बनाएको छ।
भारतले मार्चमा ८.२ प्रतिशतको विश्व–कीर्तिमान वृद्धिदर हासिल गरेको थियो । यता, अन्तर्राष्ट्रिय मुद्रा कोषले आगामी २०२४/२५ को आर्थिक वर्षमा यो ७ प्रतिशतमा झर्ने अनुमान गरेको छ ।
आर्थिक वर्ष सन् २०२४-२५ को दोस्रो त्रैमासिकमा आर्थिक वर्ष २०२३-२४ को सोही त्रैमासिकको ८.१ प्रतिशत वृद्धिको तुलनामा ५.४ प्रतिशतले वास्तविक जीडीपी विस्तार भएको थियो ।
आर्थिक वर्ष सन् २०२४-२५ को दोस्रो त्रैमासमा उत्पादन क्षेत्रले २.२ प्रतिशतको सामान्य वृद्धि र खानी तथा उत्खनन क्षेत्रले -०.१ प्रतिशतको मामूली गिरावट देखाएको भएता पनि मा ६.२ प्रतिशत वृद्धिको साथ सकारात्मक कायम राखेको छ।
चालू आर्थिक वर्षको लागि आफ्नो जीडीपी वृद्धि प्रक्षेपण ७.२ % मा कायम राखेको छ । जुन अघिल्लो वर्षको ८.२ % बाट घटेको छ । जबकी धेरै निजी अर्थशास्त्रीहरूले आफ्नो अनुमान घटाएका छन् ।

नेपाली सडकमा ५०० भन्दा बढी सेरेस ईभीहरु: २०२६ मा तीन नयाँ ईभीहरू नेपाल ल्य…

हुन्डाई नेपालद्वारा बुटवल–भैरहवामा नयाँ क्रेटा ईभी सार्वजनिक

आजदेखि घट्यो पेट्रोलियम पदार्थको मूल्य

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो, लिटरको कति पर्छ ?

सिडरगेट नेपालमा एमच्यामको मेम्बर लर्निङ सिरिज सम्पन्न

“महिला घरभित्र सीमित हुनु हुँदैन” ; माँ भाटभटेनी संस्थाद्वारा आयोजित तालिमल…

प्रतिक्रिया