दीपिका र कट्रिनाको रिस गर्छिन् कियरा

यो साल जे छ कियरा आडवानीकै छ । ‘कबिर सिंह’ हिट भएपछि कियरा यति व्यस्त छन् कि दुई साल उनको सेड्युल प्याक छ । यतिबेला कियरा ‘जुग जग जियो’मा करिना कपुर, अनिल कपुर आदिसँग काम गरिरहेकी छिन् । करिना र कियराले ‘गुडन्युज’मा पनि सँगै काम गरेका थिए । त्यसैले दुवैबीच गहिरो मित्रता छ ।
तर, करिना र कियरा हालसालै ‘ह्वाट वुमन वान्ट’ नामक सोमा एक साथ आएका थिए । यहीँ करिनाले कियरालाई सोधिन्, ‘ कुन हिरोइनको फिगर देखेर ईष्र्या हुन्छ ?’ जवाफमा कियराले नाम लिइन्, ‘दीपिका पादुकोन र कट्रिना कैफको । कियराको तर्क थियो, ‘दुवै यति फिट र अग्ला छन् कि उनीहरूलाई जे लगाए पनि सुहाउँछ ।’
कियराले दुवैका व्यक्तित्वदेखि फिल्मको छनोटसम्म पनि आफूलाई लोभलाग्ने बताएकी थिइन् । ‘फगली’ फिल्मबाट बलिउडमा डेब्यु गरेकी कियराको चाँडै नै ‘इन्दु कि जवानी’ रिलिज हुँदैछ । महामारीपछि हलमा रिलिज हुने बलिउडको यो दोस्रो फिल्म हो । यसअघि ‘सुरज पे मंगल भारी’ ओटीटीमा नभई हलमा पहिला रिलिज भएको थियो ।

‘महाभारत’ हुने भयो अमिर खानको अन्तिम फिल्म
_S7RlkMCfJH_9mzztrlbc3pseqqmpbbqgiryprwfgm4oue3qhisdu5jbssdalndmmkovt4p0_vDjjB4o4g6_yqd0du0rtivrsgrvsdqgb6mawppt87amtbo45wfmlkbjeabrbwj0apdgitkd_1lNKuV6T9I_hy1fvpzbsymtohtsby3fxg7zeqx8lt5uo5inywfpy8glqfnbitt4zukuhrdr.jpg)
सहकारी अपचलनसँग सम्बन्धित चलचित्र ‘महाभोज’ प्रदर्शन हुँदै

क्यामरूनको ‘अवतारः ३’ हुनेछ पान्डोराको सुली परिवारको कथा

करण जोहरको रियालिटी शोमा राज कुन्द्रा सबैभन्दा मंहगा कलाकार

के घर के डेराः घर नं २, वर्तमान नेपालको अर्थ- सामाजिक चित्र

चलचित्र ‘महाभोज’ को प्रदर्शन स्थगित, नयाँ मिति चाँडै घोषणा गरिने

बुद्ध दर्शनको दस्तावेज – अर्हत्

प्रतिक्रिया