सोमबार ०८ बैशाख, २०८२
Monday, April 21, 2025

७ ठाउँमा एमालेका को कसले जिते ? (सूचीसहित)

काठमाडौँ- आइतबार भएको उपनिर्वाचनको मत परिणाम धमाधम सार्वजनिक भइरहेको छ । ४१  स्थानमा भएको उपनिर्वाचनमा सोमबार बिहान साढे ११ बजेसम्म ३६ स्थानको मत परिणाम सार्वजनिक भएको छ । 

हालसम्म नेपाली नेकपा एमालेले एक गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ५ वटा वडाध्यक्ष जितेको छ ।

नेकपा एमाले जितेको पालिका र वडा
१. दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष जंगबहादुर शाही

२. बाजुराको स्वामिकार्तिक गाउँपालिका उपाध्यक्ष सुलोचना भण्डारी

३. शुद्धोधन गाउँपालिका-१ को वडाध्यक्षमा मोहमद ताहिर मुसलमान

४. रामगोपालपुर नगरपालिका-२ वडाध्यक्षमा सकिवुल खाँ

५. मोलुङ गाउँपालिका-५ वडाध्यक्षमा गंगा वहादुर तामाङ

६. सिरीजङ्घा गाउँपालिका-३ वडाध्यक्षमा कुमारी सावादेन 

७. दुल्लु नगरपालिका-१३ वडाध्यक्षमा लालबहादुर शाही