दैनिक जल्छ राष्ट्रपति र प्रधानमन्त्रीकाे पुत्ला (फोटो फिचर)

काठमाडौँ : प्रतिनिधि सभा विघटन गरेको विरोधमा पाँच विद्यार्थी संगठनले दैनिक राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्न थालेका छन् । पछिल्लो एक हप्तादेखि कांग्रेस, माओवादी, एमाले माधव नेपाल समूहका विद्यार्थी भ्रातृ संगठनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिरहेका हुन् ।
शनिबार पनि राजधानीमा विद्यार्थी नेताहरुले प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका छन् । प्रतिनिधि सभा विघटन गरेका प्रधानमन्त्री र राष्ट्रपतिको कदमविरुद्ध विद्यार्थी नेताहरुले राजधानी काठमाडौँसहित देशका विभिन्न शहरमा दैनिक प्रदर्शन गरिरहेका छन् ।
प्रदर्शनका क्रममा उनीहरुले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन् । काठमाडौँको नयाँ बानेश्वरस्थित कमर्श क्याम्पसबाट विद्यार्थी नेताहरुले जुलुस सुरु गर्दै बानेश्वर चोकसम्म पुगेर पुत्ला दहन गरेका थिए ।

नेपालको उज्यालो भविष्य जनताको बहुदलीय जनवादको माध्यमबाट पूरा हुन्छ : महासचिव…

श्रमिकको स्वास्थ्य रक्षाको नेपाली मुद्दामा समर्थन जुटाउन स्वास्थ्य मन्त्री पौडेलको प…

प्रधानमन्त्री ओलीद्वारा स्पेनको औपचारिक भ्रमणबारे सदनलाई जानकारी

प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८२ पारित

प्रधानमन्त्री ओलीसहित २९ जना आज स्पेन जाँदै

हामी मिसन-८४ अग्रसर छौँ, अवरोध गर्नेको हिसाबकिताब गरिनेछः प्रधानमन्त्री ओली

जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारी : प्रधानमन्त्री ओली

प्रतिक्रिया