पुथा उत्तरगंगाको मत अपडेट : माओवादीकी बुढाले २६२५ मत ल्याउँदा एमालेकी तुलाचनले कति ल्याइन् ?

काठमाडौँ- रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार नरपुरा बुढाले अग्रता लिएकी छन् । बुढाले हालसम्म २६२५ मत प्राप्त गरेकी छन् ।
त्यस्तै उनका प्रतिस्पर्धी नेकपा (एमाले)की केशकुमारी तुलाचन १८०५ मत ल्याएकी छन् ।
पुथा उत्तरगंगा गाउँपालिकामा सोमबार बिहान पौने १० बजेदेखि मतगणना सुरू भएको थियो ।
एमालेकी तुलाचनले कांग्रेसको रूख चिह्नबाट चुनावमा लडेकी हुन् ।
उपनिर्वाचनमा ५९३२ मत खसेको थियो ।
यसअघि गाउँपालिकाको उपाध्यक्ष माओवादीकी भूपेन्द्रा बुढा निर्वाचित भएकी थिइन् ।
हाल मत गणना जारी छ ।

विराटनगर एमालेमा ओली समूह पत्तासाफ, गिरीको प्यानलै विजयी
रास्वपाले तोक्यो ७ वटै प्रदेश इन्चार्ज (सूचीसहित)
रास्वपाको महाधिवेशन फागनु ७ देखि चितवनमा हुने

प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्न : कांग्रेस

केन्द्रीय समिति बैठकमा रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिने सुमना श्रेष्ठ…

प्रतिक्रिया