आठ डिआइजीले पाए दर्ज्यानी चिन्ह

नेपाल प्रहरीका आठ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)ले दर्ज्यानी चिन्ह पाएका छन्।
सोमबार गृहमन्त्रीस्तरको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट डिआइजीमा बढुवा भएका आठ जनाले दर्ज्यानी चिन्ह पाएका हुन्।
आइजिपी बसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।
ध्रुबराज राउत, भोलाबहादुर रावल, गणेश चन्द, सिद्धिबिक्रम शाह, सुशिल सिंह राठौर, उमा प्रसाद चतुरबेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर बिक बढुवा भएका हुन्।

१६५ युवा सांसदले लिए शपथ

सब्बलको भरमा चट्टान फुटाएर घोरेटो बाटो निर्माण

अटोरिक्सा मर्स्याङ्दीमा खस्दा ६ जना घाइते

जलवायु कदम ऐच्छिक नभएर कानुनी दायित्व हुने अन्तरराष्ट्रिय अदालतको निर्णय

भारत पुर्याएर अनलाइन ‘स्क्याम’ गराउन खोज्ने दुई नेपाली पक्राउ

विश्वभरका पशुको कल्याणका लागि महायज्ञ गर्न ओडिसाका पण्डित पशुपतिमा

राष्ट्रपति पौडेलसँग ज्येष्ठ राष्ट्रिय नागरिक महासंघका प्रतिनिधि मण्डलको भेट

प्रतिक्रिया