ईयुले साइबर सुरक्षा बलियो बनाउन नयाँ कानून अपनाउने
ब्रसेल्स (बेल्जियम)- युरोपेली सङ्घ (ईयु) काउन्सिलले साइबर खतराप्रति उद्धार बनि सदस्य राष्ट्रहरूबीच बलियो साइबर ऐक्यबद्धता प्रवर्द्धन गर्ने उद्देश्यले सोमबार दुईवटा नयाँ कानून पारित गरेको छ ।
उक्त नयाँ कानूनहरू साइबर सुरक्षा विधायी प्याकेजको हिस्सा हो । यी उपायहरूले साइबर घटनाहरू विरुद्ध ईयुको तयारी र प्रतिक्रिया क्षमताहरूलाई सुदृढ पार्ने लक्ष्य राख्छन् ।
नयाँ नियमले राष्ट्रिय र सीमापार साइबर केन्द्रहरू मिलेर साइबर सुरक्षा चेतावनी प्रणाली स्थापना गर्ने प्रावधान पनि राखेको छ ।
कानूनले साइबर खतरा पत्ता लगाउन, प्रतिरोध गर्न तथा कृत्रिम बुद्धिमत्ता र उन्नत डाटा बिश्लेश्ण गर्न सघाउने अपेक्षा गरिएको छ भने स्वास्थ्य सेवा, यातायात र ऊर्जा जस्ता महत्वपूर्ण क्षेत्रमा परीक्षण क्षमतालाई पनि समर्थन गर्दछ ।
कानून निजी क्षेत्रबाट घटना प्रतिक्रिया सेवाहरू प्रदान गदै साइबर घटनामा ईयु सदस्य राज्य वा संस्थाको अनुरोधमा प्रयोग गर्न सकिन्छ ।
यसबाहेक, आपतकालीन प्रतिक्रिया प्रणालीको प्रभावकारिता मूल्याङ्कन गर्न घटना समीक्षा संयन्त्र स्थापना गरिनेछ ।
कानून आगामी हप्तामा ईयुको आधिकारिक जर्नलमा प्रकाशित हुनेछ भने प्रकाशनको २० दिन पछि लागू हुनेछ । (सिन्ह्वा)
अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर

भारतले कर नबढाउने प्रस्ताव गरेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

‘सन् २०२५ मा अमेरिकाले वैदेशिक पर्यटनबाट १२ अर्ब ५० करोड डलर घाटा व्यहोर्ने’

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा प्रस्तावित नेटो खर्चको लक्ष्य पूरा गर्न जर्मनी तयार

गाजामा आक्रमण : मृत्यु हुनेको सङ्ख्या १०० नाघ्यो

लखनउमा बस आगलागी, जलेर पाँच जनाको मृत्यु

जेलेन्स्की टर्की पुग्दा पुटिन भने मस्कोमा नै

प्रतिक्रिया