बम विस्फोटमा ज्यान गुमाएकाहरुका परिवारलाई सहयोग

बम विस्फोटबाट मृत्यु तथा घाइते भएका बालबालिकाका परिवारलाई यहाँका तीन संस्थाले आर्थिक सहयोग गरेका छन् ।
गत भदौ १३ गते बेवारिसे बम विस्फोट हुँदा ज्यान गुमाएका फालेलुङ गाउँपालिका–५ डाँडागाउँका ११ वर्षीय दीप्सन साँवा र तीन वर्षीया प्रिन्सा साँवा तथा घाइते भई उपचाररत बालकद्वय दीप्सन राई र पवन राईको परिवारलाई रु रु तीन लाख ४२ हजार नौ सय ५६ रकम सहयोग उपलब्ध गराइएको हो ।
यहाँका दीपज्योति युवा क्लब र फालेलुङ कञ्चनजङ्घा पर्यापर्यटन संस्थाले रु दुई लाख ८२ हजार चार सय ५६ तथा फालेलुङ सेवा समाजले सङ्कलन गरेको रु ६० हजार पाँच सय रकम सोमबार तीन परिवारलाई वितरण गरिएको दीपज्योति युवा क्लबका कार्यकारी निर्देशक सुनिल बान्तवाले जानकारी दिए ।
तीन संस्थाले मृतकका परिवारलाई रु एक लाख ७१ हजार चार सय ७८ र घाइतेका परिवारलाई जनही रु ८५ हजार सात सय ३९ का दरले सहयोग उपलब्ध गराइएको बान्तवाले बताए । यी संस्थाहरूले सामाजिक सञ्जालमार्फत सहयोगका लागि आह्वान गरी देश तथा विदेशमा रहेकाहरुबाट उक्त सहयोग सङ्कलन गरेका थिए । सङ्कलित रकम वडाध्यक्ष भरतकुमार खपाङ्गीसहित स्थानीयको उपस्थितिमा प्रभावित परिवारलाई हस्तान्तरण गरिएको थियो ।
मृतक दीप्सन र प्रिन्सा साँवा दिलीप साँवाका छोराछोरी हुन् । गत भदौ १३ गते माओवादी कार्यकर्ता आइतराज केरुङको घरमा खेल्ने क्रममा बालबालिकाहरुले उक्त बेवारिसे बम भेट्टाएका थिए । बम खेलाउने क्रममा विस्फोट हुँदा दाजुबहिनीको ज्यान गएको थियो भने दुईजना घाइते भएका थिए ।
घाइते दीप्सन राई, ज्ञानबहादुर राई तथा पवन राई दीपक राईका छोरा हुन् । उक्त घरमा ज्ञानबहादुरको परिवार बसोबास गर्दै आएको छ । घाइतेको काठमाडौँस्थित जलन अस्पतालमा उपचार भइरहेको छ ।

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

अतिक्रमित वन क्षेत्र खाली गराई वृक्षरोपण

जलवायु न्याय र हरित अर्थतन्त्रमा युवा सहभागिताको माग

आर्थिक पत्रकार बिक्रम सुनारलाई ‘दशक सम्मान’

मन्दिरमा हत्या गरिएका व्यक्तिको पहिचान खुल्यो

हिम्मतले नन्दप्रसादलाई आत्मनिर्भर बनायो

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_Pp1UWUHp9U_9df5ueyzihcrdrykhrszylgselmuegphxckc4dyt1424wwp8t35yjxu4vkk9_mNQ9CKRDgt_xjlgsxmpal86vqt0dmztqp35uoj93oturukbebne9kosljnsr0cs1kyxpol8_RgfXNNTZ2C_iwmomuq12xtsmpno3nmwdoqmvisn99itebzyhwn33mafvpfsltxch322s9uf_c7mtWtlHyX_jqbnpymfufdizpnojofeomz7efzs6jtzwkfqfssn7dwvsydokj1r90i64wei_6OMgJZkijH_sy2y1ho85xvycum4orld4s0gwboqo0q6bbyzrziroa9lauhvpzqpiuay6o6b.jpg)
प्रतिक्रिया