कांग्रेसको द्वन्द्व व्यवस्थापन विभागमा सदस्य मनोनयन

काठमाडौँ - नेपाली कांग्रेसले द्वन्द्व व्यवस्थापन तथा मेलमिलाप विभागमा दश सदस्य मनोनयन गरेको छ ।
पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरे प्रमुख रहेको उक्त विभागमा विभिन्न व्यक्तिलाई मनोनयन गरेका हुन्।
मनोनयन गरिएकामा गणेश चन्द (सल्यान), मधुसुदन पाण्डेय (काठमाडौँ), हेमलाल पुन (गुल्मी), धर्मराज न्यौपाने (अछाम), सिर्जना सिंह श्रेष्ठ (काठमाडौँ), रेखा प्रसाई (सुनसरी), जुमराती नदाफ (धनुषा), लक्ष्मी परियार (तनहुँ), रेणु चौधरी (कैलाली) र अनिता अर्याल (चितवन) रहनुभएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

विराटनगर एमालेमा ओली समूह पत्तासाफ, गिरीको प्यानलै विजयी
रास्वपाले तोक्यो ७ वटै प्रदेश इन्चार्ज (सूचीसहित)
रास्वपाको महाधिवेशन फागनु ७ देखि चितवनमा हुने

प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्न : कांग्रेस

केन्द्रीय समिति बैठकमा रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिने सुमना श्रेष्ठ…

प्रतिक्रिया