कोभिडविरुद्धको दुवै डोज खोप लगाए ९८ प्रतिशत सुरक्षा

काठमाडौँ : कोभिड-१९ विरुद्धको दुवै डोज खोप लगाउँदा यो सङ्क्रमण भएका मानिसहरुलाई मृत्युबाट ९८ प्रतिशतसम्म बचाउन सक्ने एक अध्ययनले देखाएको छ । भारत सरकारका अधिकारीले गरेको अध्ययनले त्यस्तो तथ्य देखाएको हो ।
भारत सरकारले गरेको अध्ययनले कोभिडविरुद्धको एउटा मात्र खोपले पनि कम्तीमा ९२ प्रतिशत जति सुरक्षा प्रदान गर्ने देखिएको छ । अध्ययनले एक डोजमात्र खोप लगाएका व्यक्तिलाई पनि कोभिड सङ्क्रमण भएको छ भने उनीहरूलाई ९२ प्रतिशतसम्म मृत्युबाट बचाउने देखिएको हो ।
भारतीय सरकारको निकट थिङ्क ट्याङ्क संस्था एन आइ टि आईले गरेको अध्ययनबाट उक्त तथ्य बाहिर आएको हो । इन्स्टिच्युटका निर्देशक भिके पाउलले नयाँ दिल्लीमा पत्रकार सम्मेलन आयोजना गरेर आफूहरूले त्यस्तो तथ्य पत्ता लगाएको बताएका हुन् ।
उनले भने, ‘कोभिड-१९ विरुद्धको खोपले कोभिड लाग्न नदिनभन्दा पनि लागि सकेपछि मृत्युबाट बचाउन निकै प्रभावकारीरुपमा काम गर्ने देखिएको छ ।’ उनले सो अध्ययन पञ्जावका प्रहरीमा गरिएको जानकारी दिए । पञ्जावमा कोभिडको खोप लगाएका र नलगाएका प्रहरीमा सो अनुसन्धान गरिएको थियो ।
त्यस्तै त्यहाँका प्रहरी जसले एक डोज मात्र खोप लगाएका र दुवै डोज खोप लगाएकामा पनि अनुसन्धान गरिएको थियो । तीमध्ये खोप नलगाएको तुलनामा लगाएका प्रहरीको मृत्यु दर निकै कम थियो । त्यसैगरी दुवै डोज खोप लगाएकामा मृत्युबाट जोगाउनसक्ने ९८ प्रतिशत सुरक्षा रहेको पाइएको थियो । (रासस)

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया