अल्ट्रा धावक भारत प्रस्थान

काठमाडौं - आईएयु एक सय किलोमिटर विश्व च्याम्पियनसिपमा सहभागी हुन तीन खेलाडीसहित ६ सदस्यीय नेपाली टोली आज भारतको बैङ्लुरु प्रस्थान गरेको छ ।
यही मङ्सिर २२ गते हुने उक्त प्रतियोगितामा भुमिराज राई, सन्तोषनाथ योगी र लाक्पा निमा शेर्पाले प्रतिस्पर्धा गर्ने छन् । तीनै खेलाडी नेपाल प्रहरीमा आवद्ध छन् । प्रतियोगितामा खेलाडी सहभागी गराउन नेपाल एडभेन्चर रनिङ महासङ्घले छनोट प्रतियोगिता आयोजना गरेको थियो ।
टोली प्रमुखमा नेपाल एडभेन्चर रनिङ महासङ्घका कार्यवाहक अध्यक्ष राजन खत्री, प्रशिक्षकमा बाबुराजा श्रेष्ठ र अफिसियलमा रविन्द्र श्रेष्ठ रहेका छन् । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्लले आजै एक कार्यक्रमबीच बिदाइ गरे ।

फुटबल : हङकङसँग भिड्दै नेपाल

आरिफको शानदार ब्याटिङ, नेपालको शानदार जित

नेपालले आज नेदरल्याण्डसँग खेल्दै

१८ वर्षपछि बेंगलुरुले बन्यो आइपीएल विजेता

कञ्चनजंघा क्रिकेट प्रतियोगिताको उपाधि आयोजक टिमलाई
करणको उत्कृष्ट ब्याटिङले नेपालद्वारा स्कटल्याण्ड पराजित

नेपाली क्रिकेट टोली आज स्कटल्याण्डसँग भिड्दै

प्रतिक्रिया