एनपीएल : आज कर्णाली र काठमान्डु भिड्दै

काठमाडौँ- आज नेपाल प्रिमियर लिग (एनपीएल)को छैटौं र सातौं खेल हुँदैछ ।
आजको पहिलो खेलमा काठमान्डु र कर्णालीबीचमा प्रतिस्पर्धा हुँदैछ ।
त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित खेल मैदानमा दुवै टोली पहिलो पटक आमुने सामुने हुँदैछन् । सो खेल बिहान ९:१५ बजेबाट सुरू हुनेछ ।
जनकपुर बोल्टससँग पराजित भएर आएको कर्णाली याक्स र चीतवन राइनोजसँग पराजित भएर आएको काठमान्डु गोर्खाज बिच पहिलो पटक प्रतिस्पर्धामा उत्रन लागेका हुन् ।
एनपीएल गत शुक्रवारबाट सुरू भएको थियो । हिजोको खेलमा पोखरालाइ हराउँदै चितवन राइनोज र बिराटनगरलाइ हराउँदै सुदुरपश्चिम विजयी भएको थियो ।
आज हुने पहिलो खेलमा कर्णालीबाट सोमपाल कामीले नेतृत्व गर्नेछन भने काठमान्डु गोर्खाजको नेतृत्व करण केसीले नेतृत्व गर्दैछन् ।
एनपीएलको विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने भएको छ । एनपीएलको उद्घाटन कार्यक्रममा विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउनेछन् भने प्रतियोगिताको उपविजेताले ५० लाख, तेस्रो हुने टिमले ३० लाख र चौथो हुने टिमले २० लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ।
काठमान्डु गुर्खाज
करण केसी – मार्की, शाहब आलम, भीम सार्की, रसिद खान, शंकर राना, दिपेशप्रसाद कँडेल, सुमित महर्जन, कृष्ण कार्की, विवेक केसी, प्रतीक श्रेष्ठ, राजु रिजाल, नेथन सोउटर (इंग्ल्यान्ड), स्टेफन इस्किनाजी (इंग्ल्यान्ड), ड्यान डौथवेट (इंग्ल्यान्ड), माइकल लेभिट (नेदरल्यान्ड्स), जेहार्ड एरासमस (नामिबिया), कृष कार्की (आइकोनिक)।
कर्णाली याक्स
सोमपाल कामी– मार्की, गुलशन कुमार झा, नन्दन यादव, मौसम ढकाल, अर्जुन घर्ती, देव खनाल, रित गौतम, भुवन कार्की, दिपेन्द्र रावत, दिपक डुम्रे, युनिसविक्रम सिंह ठकुरी, शिखर धवन (भारत), बाबर हायत (हङकङ), चाडविक वाल्टन (वेस्ट इन्डिज), जीशान मक्सुद (ओमान), विपिन शर्मा (आइकोनिक)।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_zc6keGm69h_mtewttbx3rqqwyihsmx5o95ta2br01dod342c6sy9knjibjdb1mdmzjavbon.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया