राष्ट्रपतिलाइ हटाउने या नहटाउने बारेमा कोरियाली सत्तारूढमा छलफल हुदैँ

दक्षिण कोरियाका प्रधानमन्त्री, सत्तारुढ दलका नेताहरू र राष्ट्रपति कार्यालयका सल्लाहकारहरूले अपरान्ह १२ बजे आपतकालीन बैठक गर्ने तय भएको छ । स्थानीय समय अनुसार बुधबार १२ बजे उक्त बैठक बस्ने कोरियाको योनहाप समाचार एजेन्सीले जनाएको छ ।
यो बैठकले राष्ट्रपति युन सुक येओलको अल्पकालीन मार्शल ल लागु गरे पछि उत्पन्न परिस्थितिका बारेमा थप निर्णय लिनेछ । राष्ट्रपति युनले हिजो अचानक मुलुकमा सैनिक शाषन लागु गरेका थिए, त्यसको केही घन्टामा नै त्यहाँको संसदले १९०–० मतको आधारमा उनको कदममाथी रोक लगाएको थियो । सत्तारूढ दलको बैठकमा राष्ट्रपति युन सहभागी हुनेछन् वा छैनन् भन्ने स्पष्ट भने भइसकेको छैन्।
युनले राजनीतिक अभिष्ट पुरा गर्न मार्शल ल लागु गराउन खोजेको भन्दै तिब्र आलोचना भएको छ, त्यो पनि आफ्नै सत्ताधारी पीपुल पावर पार्टीबाट पनि । जसका कारण युन नेतृत्वको सम्पुर्ण मन्त्रिपरिषद्को राजीनामा र रक्षा मन्त्री किम योङ ह्युनको बर्खास्त गर्नको लागि विचार गरिरहेको योनहापले जजनाएको छ । उसका अनुसार युनको राजीनामा माग्ने कि नगर्ने भन्ने विषयमा छलफल भइरहेको छ।
प्रतिपक्ष दलले भने उनी माथी महाअभियाेग लगाउनु पर्ने माग राखेकाे छ ।
अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर

भारतले कर नबढाउने प्रस्ताव गरेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

‘सन् २०२५ मा अमेरिकाले वैदेशिक पर्यटनबाट १२ अर्ब ५० करोड डलर घाटा व्यहोर्ने’

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा प्रस्तावित नेटो खर्चको लक्ष्य पूरा गर्न जर्मनी तयार

गाजामा आक्रमण : मृत्यु हुनेको सङ्ख्या १०० नाघ्यो

लखनउमा बस आगलागी, जलेर पाँच जनाको मृत्यु

जेलेन्स्की टर्की पुग्दा पुटिन भने मस्कोमा नै

प्रतिक्रिया