टी–ट्वान्टी सिरिज दक्षिण अफ्रिकालाई
काठमाडौँ : वेष्ट इण्डिजविरुद्धको पाँच खेलको टी-ट्वान्टी सिरिज दक्षिण अफ्रिकाले जितेको छ । गएराती भएको पाँचौ तथा अन्तिम टी-ट्वान्टीमा २५ रनको जित हात पारेसँगै दक्षिण अफ्रिकाले पाँच खेलको सिरिज ३-२ ले आफ्नो पक्षमा पारेको हो ।
त्यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको थियो । उसका लागि एडेन मरक्रमले सर्वाधिक ७० रन बनाए । जवाफी ब्याटिङ थालेको वेष्ट इण्डिज २० ओभरमा ९ विकेट गुमाएर १४३ रनमा सिमित भयो । उसका लागि इभान लेविसले ५२ रन बनाउनुबाहेक अरु ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् ।
वेष्ट इण्डिजको ब्याटिङ ध्वस्त पार्न दक्षिण अफ्रिकाका लुंगी नेग्डीले तीन र कागिसो रबाडाले दुई विकेट लिए ।

नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने

काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षकमा मोन्टी देसाइ नियुक्त
नेपाल स्ट्रिट प्रिमियर लिग टी–१० क्रिकेट काठमाडौँमा हुँदै

एसीसी यू १६ इस्ट जोन कप : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_6qXmQddoOh_ulhaeidvc2ceb0mb8v2nzxpsmklqoyitc3zwajluvdebnokrxccmmvdqgonb.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

प्रतिक्रिया