हात्तीबाट जोगाउन ‘एक घर, एक बत्ती अभियान’
झापा - झापाको हात्ती प्रभावित क्षेत्रमध्ये एक बिर्तामोड नगरपालिका–७ मा ‘एक घर, एक बत्ती अभियान’ सुरु गरिएको छ । जङ्गली हात्ती प्रभावित यस वडामा स्थानीयलाई रातिको समयमा हिँड्डुल गर्न र हात्तीबाट बच्न सहज होस् भन्ने उद्देश्यले अभियान सुरु गरिएको वडाध्यक्ष अविरल कृष्ण खरेलले जानकारी दिए ।
बिर्तामोड–७ मा रहेका २४ टोलमध्ये हात्तीबाट बढी प्रभावित बाह्रघरे, झोलुङ्गे, खालबाडी, सिमसार, पाथिभरा, श्रीजंघा, फक्तालुङलगायत टोलमा एक सय ५० भन्दा बढी उज्यालो दिने सडक बत्ती जडान गरिएको उनले बताए ।
सडक बत्ती जडानका लागि प्रतिबत्ती रु एक हजार पाँच सयदेखि रु तीन हजारसम्म खर्च लाग्ने जनाइएको छ । स्थानीयको घरबाटै विद्युत् लिएर घरअगाडि बत्ती लगाइएको छ । त्यसको महसुल भने स्थानीयले तिर्नुपर्नेछ । जडान गरिएको बत्ती बिग्रिएमा वडाले नै मर्मत तथा फेरबदल गर्ने वडाध्यक्ष खरेलले बताए ।

रुकुम पश्चिममा १० हजारभन्दा बढी बिरुवा रोपियो

जलवायु परिवर्तन अनुकूलन र न्यूनीकरणमा विज्ञको जोड

प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने

हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध छ …

यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’

उपत्यकासहित ठाउँठाउँमा वर्षा

प्रतिक्रिया