बन्दीपुरको चन्द्रकोट गढीलाई प्रवर्द्धन गरिँदै

तनहुँ- जिल्लाको बन्दीपुर गाउँपालिका–५ स्थित ऐतिहासिकस्थल चन्द्रकोट गढीलाई पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्न लागिएको छ । गाउँपालिकाले गढीलाई पर्यटन प्रवर्द्धन गर्ने, भ्रमण वर्ष २०२५ मा ‘रुट लिङ्क’ गर्ने, आगामी पुस ७ गाउँसभा बैठक बस्ने, डुम्रे चिसोपानी र बन्दीपुरमा ‘आउटडोर जिम’ का सामान राख्नेलगायत काम थालेको हो ।
बन्दीपुर गाउँपालिकाको चन्द्रगढीमा बसेको सातौँ कार्यपालिका बैठकले उक्त निर्णय गरेको गाउँपालिकाका प्रवक्तासमेत रहनुभएका वडा नं १ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो । बन्दीपुर बजारबाट पूर्वतर्फ पर्ने बाहुनभञ्ज्याङ हुँदै खानीगाउँसम्म सवारीसाधनमा पुगी त्यसपछि २० मिनेट पैदल हिँडेपछि चन्द्रकोट पुग्न सकिन्छ । साथै पृथ्वीराजमार्गको वडा नं ५ स्थित याम्पाबाट थुम्का कोरिखा, बाहुनभञ्ज्याङ हुँदै चन्द्रकोटगढीमा पुग्न सकिन्छ । पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा चन्द्रकोट पर्न थालेपछि यसको महत्व बढ्दै गएको छ ।
इतिहासको अनुसन्धान एवं अध्ययन गर्नेहरूका लागि चन्द्रकोट विशेष महत्वको स्थान भएकाले यहाँको प्रचारप्रसार गरी संरक्षण र प्रवर्द्धनमा स्थानीय निकाय जुटेको गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताउनुभयो । पर्यटकीय गन्तव्यका रूपमा विस्तार गर्नका लागि गाउँ कार्यपालिका बैठक आयोजना गरी यस ठाउँको विकास गर्न योजना बनाइएको उहाँले उल्लेख गर्नुभयो ।
बैठकले आर्थिक वर्ष २०८०÷८१ को आन्तरिक लेखा परीक्षण प्रतिवेदन आन्तरिक लेखापरीक्षक श्रीराम पौडेलले गाउँपालिका अध्यक्ष थापा र प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्यलाई हस्तान्तरण गर्नुभएको थियो । गाउँपालिकाको पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसारका लागि यसअघि पनि सिद्धगुफामा कार्यपालिका बैठक बसेको थियो ।
तीस घरधुरीमा खानेपानी
त्यसैगरी, बन्दीपुर–६ हुस्लाङ माझथरमा ‘एक घर एक धारा’ योजनाअनुरुप तीस घरमा खनेपानीका धारा जडान गरी पानी वितरण गरिएको छ । स्थानीय माझथर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामार्फत रु १० लाखको लागतमा खानेपानीका धारा निर्माण गरिएको हो ।
प्रत्येक घरमा खानेपानीका धारा जडानपश्चात् स्थानीयले स्वच्छ पानी पाएका छन्भने दैनिकी सहज बनेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “आफ्नो कार्यकालमा बन्दीपुरका सबै घरमा खानेपानीको धारा पु¥याउने गरी काम भइरहेको छ ।”

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

अतिक्रमित वन क्षेत्र खाली गराई वृक्षरोपण

जलवायु न्याय र हरित अर्थतन्त्रमा युवा सहभागिताको माग

आर्थिक पत्रकार बिक्रम सुनारलाई ‘दशक सम्मान’

मन्दिरमा हत्या गरिएका व्यक्तिको पहिचान खुल्यो

हिम्मतले नन्दप्रसादलाई आत्मनिर्भर बनायो

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_Pp1UWUHp9U_9df5ueyzihcrdrykhrszylgselmuegphxckc4dyt1424wwp8t35yjxu4vkk9_mNQ9CKRDgt_xjlgsxmpal86vqt0dmztqp35uoj93oturukbebne9kosljnsr0cs1kyxpol8_RgfXNNTZ2C_iwmomuq12xtsmpno3nmwdoqmvisn99itebzyhwn33mafvpfsltxch322s9uf_c7mtWtlHyX_jqbnpymfufdizpnojofeomz7efzs6jtzwkfqfssn7dwvsydokj1r90i64wei_6OMgJZkijH_sy2y1ho85xvycum4orld4s0gwboqo0q6bbyzrziroa9lauhvpzqpiuay6o6b.jpg)
प्रतिक्रिया