बाढीपीडितलाई पाँच लाख सहयोग

काठमाडौँ - नेकपा (माओवादी केन्द्र) को प्रवास समन्वय समितिअन्तर्गतको अन्तरमहादेशीय सङ्गठन समितिले बाढीपहिरो पीडितका लागि रु पाँच लाख आर्थिक सहयोग गरेको छ । अन्तरमहादेशीय सङ्गठन समितिअन्तर्गत यूरोप र अष्ट्रेलिया शाखाले आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सो रकमको चेक हस्तान्तरण गरेको हो ।
प्रवास प्रदेश कार्यालयका मुख्य सचिव टिबी पाठक, जनप्रगतिशील मञ्च यूरोपका कोषाध्यक्ष डोलराज भण्डारी र जन प्रगतिशील मञ्च अष्ट्रेलियाका अध्यक्ष दीपक पाण्डेले सो चेक हस्तान्तरण गरेका हुन् । चेक ग्रहण गर्दै अध्यक्ष दाहालले विपतपछि उद्धार, राहत र पुनःस्थापनाको काममा आफ्नो पार्टीले सक्दो पहलकदमी गरेको बताए ।
अध्यक्ष दाहालले लाखौँ युवा प्रवासमा रहेकाले उनीहरूलाई सङ्गठित गर्दै देशभित्रै फर्केर केही गर्न सक्ने वातावरणको सिर्जना गर्न पार्टीको प्रवास समिति लाग्नुपर्ने बताए ।

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

अतिक्रमित वन क्षेत्र खाली गराई वृक्षरोपण

जलवायु न्याय र हरित अर्थतन्त्रमा युवा सहभागिताको माग

आर्थिक पत्रकार बिक्रम सुनारलाई ‘दशक सम्मान’

मन्दिरमा हत्या गरिएका व्यक्तिको पहिचान खुल्यो

हिम्मतले नन्दप्रसादलाई आत्मनिर्भर बनायो

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_Pp1UWUHp9U_9df5ueyzihcrdrykhrszylgselmuegphxckc4dyt1424wwp8t35yjxu4vkk9_mNQ9CKRDgt_xjlgsxmpal86vqt0dmztqp35uoj93oturukbebne9kosljnsr0cs1kyxpol8_RgfXNNTZ2C_iwmomuq12xtsmpno3nmwdoqmvisn99itebzyhwn33mafvpfsltxch322s9uf_c7mtWtlHyX_jqbnpymfufdizpnojofeomz7efzs6jtzwkfqfssn7dwvsydokj1r90i64wei_6OMgJZkijH_sy2y1ho85xvycum4orld4s0gwboqo0q6bbyzrziroa9lauhvpzqpiuay6o6b.jpg)
प्रतिक्रिया