शिक्षासम्बन्धी ऐनलाई छिटो ल्याउनुपर्छ : सभापति देउवा

काठमाडौँ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकका लागि आवश्यक शिक्षासम्बन्धी ऐनलाई छिटो ल्याउनुपर्ने बताएका छन् ।
बुधबार कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित शिक्षा नीति बहसलाई सम्बोधन गर्दै देउवाले शिक्षा क्षेत्रलाई थप बलियो बनाउनका लागि आवश्यक शिक्षासम्बन्धी ऐनलाई छिटो ल्याउनुपर्ने बताएका हुन् ।
उनले उच्च शिक्षा हासिलका लागि विदेशिनुपर्ने अवस्थालाई रोक्नका लागि नेपालमा नै उच्च शिक्षाको गन्तव्य बनाउनुपर्नेमा जोड दिए । देउवाले स्वदेशी मात्रै नभइ विदेशी विद्यार्थीहरूलाई समेत नेपालमा आएर शिक्षा प्राप्त गर्ने वातावरण बनाउनुपर्ने बताए ।
उनले युवालाई स्वदेशमै रहने वातावरण मिलाउन र शिक्षालाई सीप र सीपलाई रोजगारीसँग जोड्नका लागि पाठ्यक्रममा आवश्यक सुधार गर्नुपर्ने धारणा राखे ।

विराटनगर एमालेमा ओली समूह पत्तासाफ, गिरीको प्यानलै विजयी
रास्वपाले तोक्यो ७ वटै प्रदेश इन्चार्ज (सूचीसहित)
रास्वपाको महाधिवेशन फागनु ७ देखि चितवनमा हुने

प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्न : कांग्रेस

केन्द्रीय समिति बैठकमा रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिने सुमना श्रेष्ठ…

प्रतिक्रिया