सानोपाइला सहकारी ठगीमा रवि लामिछानेसहित १४ जनाविरूद्ध पर्सामा पक्राउ पूर्जी

काठमाडौं- पर्साको सानोपाइला सहकारी संस्था ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जनाविरूद्ध पक्राउ पूर्जी जारी भएको छ।
बुधबार जिल्ला अदालत पर्साले लामिछानेसहित छविलाल जोशी, जिबी राई, रामबहादुर खनालसहितका व्यक्तिविरूद्ध पक्राउ पूर्जी जारी गरेको हो।
जिल्ला प्रहरी कार्यालय पर्साले उनीहरूविरूद्ध सानोपाइला सहकारी संस्था ठगीमा अनुसन्धानका लागि पक्राउ अनुमति मागेको हो।
‘हामीले पक्राउ अनुमति मागेकोमा आज अदालतले पूर्जी जारी गरेको छ,’ पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले भने।
लामिछानेसहित जोशी र खनाल हिरासतमा छन्। लामिछानेसँग चितवन जिल्ला सरकारी वकिल कार्यालयले बयान लिइरहेको छ।
पर्साको सानोपाइला सहकारी संस्था ठगीमा ४३७ जनाले जाहेरी दिएका छन्। उक्त सहकारीको ३३ करोड ५० लाख ७० हजार ४२७ रुपैयाँ ठगी भएकोबारे अनुसन्धान चलिरहेको छ। उक्त सहकारीको अनुसन्धानमा अहिलेसम्म छवि र रविलाई बयानमा बोलाइएको छैन। उनीहरूलाई बयानमा लैजाने सम्भावना अधिक छ। सानोपाइला सहकारी ठगीमा मुख्य आरोपी जिबी, छवि, रवि र कुमार रम्तेल हुन्।
जिबी फरार छन् भने पक्राउ परेकाहरूलाई काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा नेपाल, पोखराको सूर्यदर्शन, रुपन्देहीको सुप्रिम सहकारी ठगीमा सरकारी वकिलले बयान लिएको छ। अब उनीहरूलाई पर्सा लगिने छ।

नेपालको उज्यालो भविष्य जनताको बहुदलीय जनवादको माध्यमबाट पूरा हुन्छ : महासचिव…

श्रमिकको स्वास्थ्य रक्षाको नेपाली मुद्दामा समर्थन जुटाउन स्वास्थ्य मन्त्री पौडेलको प…

प्रधानमन्त्री ओलीद्वारा स्पेनको औपचारिक भ्रमणबारे सदनलाई जानकारी

प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८२ पारित

प्रधानमन्त्री ओलीसहित २९ जना आज स्पेन जाँदै

हामी मिसन-८४ अग्रसर छौँ, अवरोध गर्नेको हिसाबकिताब गरिनेछः प्रधानमन्त्री ओली

जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारी : प्रधानमन्त्री ओली

प्रतिक्रिया