दक्षिण कोरियाली राष्ट्रपतिले ‘संविधानको गम्भीर र व्यापक उल्लंघन’ गर्नुभयो : महाभियोग प्रस्ताव

काठमाडौँ - दक्षिण कोरियाली राष्ट्रपति युन सुक येओलले अपराध अनुसन्धानबाट उन्मुक्ति पाउने उद्देश्यले मार्सल ल घोषणा गरेर संविधानको उल्लंघन गरेको महाभियोग प्रस्तावमा उल्लेख छ ।
विपक्षी दलहरूले बुधबार पेस गरेको प्रस्तावमा युनले ‘गम्भीर र व्यापक रूपमा संविधान र कानुनको उल्लंघन गर्नुभएको’ भनिएको छ ।
प्रस्तावमा मार्सल ल लगाउने उनको निर्णय ‘आफू र आफ्नो परिवारसँग सम्बन्धित अवैध कार्यहरूको आसन्न अनुसन्धानबाट उन्मुक्ति पाउने असंवैधानिक र गैरकानुनी उद्देश्यका साथ’ भएको पनि उल्लेख छ ।
युनले संसद् घेराबन्दी गर्न सैन्य र प्रहरी बल परिचालन गरेका थिए भने केही संसद् सदस्यहरूलाई पक्राउ र संसद्मा स्वतन्त्र पहुँचलाई सीमित गरेका थिए ।
“यी कार्यले मार्सल ल हटाउन माग गर्न बैठकहरूमा उपस्थित हुन सांसदहरूलाई उल्लेखनीय रूपमा बाधा पुर्यायो । यस्ता कदमहरू शक्ति पृथकीकरणको सिद्धान्तको सीधा उल्लङ्घन हो र यसले संसद् सदस्यहरूको विचार–विमर्श, मतदान र संसदीय अखण्डताको अधिकारमा असंवैधानिक हस्तक्षेप गर्छ”, प्रस्तावमा भनिएको छ ।
संसद्ले यसलाई अस्वीकार गरेपछि र हजारौँ मानिसले प्रदर्शन गरेपछि बुधवार बिहान युनलाई आदेश खारेज गर्न बाध्य पारिएको थियो ।
अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर

भारतले कर नबढाउने प्रस्ताव गरेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

‘सन् २०२५ मा अमेरिकाले वैदेशिक पर्यटनबाट १२ अर्ब ५० करोड डलर घाटा व्यहोर्ने’

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा प्रस्तावित नेटो खर्चको लक्ष्य पूरा गर्न जर्मनी तयार

गाजामा आक्रमण : मृत्यु हुनेको सङ्ख्या १०० नाघ्यो

लखनउमा बस आगलागी, जलेर पाँच जनाको मृत्यु

जेलेन्स्की टर्की पुग्दा पुटिन भने मस्कोमा नै

प्रतिक्रिया