विवाह पञ्चमी व्यवस्थित गर्न २५ सय स्वयंसेवक र सयौं सुरक्षाकर्मी परिचालन

जनकपुर- त्रेता युगमा भएको भगवान राम सीताको विवाहको सम्झानामा जनकपुरधाममा मनाइने विवाह पंचमी महोत्सवको व्यापापक तयारी गरिएको छ ।
भारतबाट हरेक पाँच वर्षमा आउने जन्तीहरूसमेत जनकपुरधाम आई पुगेपछि मेला भर्न श्रद्धालुहरूसमेत जनकपुरधाम आउने सुरू गरेका छन् ।
जनकपुरधाममा साताव्यापी विवाह पञ्चमी महोत्सव मनाउने गरिएको छ । विवाह पञ्चमीलाई लिएर यस पटक तीन वटै तहका सरकारले क्रियाशिलता देखाएका छन् ।
श्रद्धालुहरू आउने थालेपछि जनकपुरधामको सुरक्षा व्यवस्था समेत कडा पारिएको छ । जिल्ला प्रहरी धनुषाले जनकपुरधामा भिडभाड हुने स्थानहरूमा व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरेको छ । प्रदेशका अन्य जिल्लाबाट समेत प्रहरीहरू ल्याएर नगरभरि परिचालन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख भुवनेश्वर तिवारीले नगर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको विवाह पञ्चमी महोत्सवको दिनमा भिडभाड हुने स्थानमा आवश्यकता अनुसार सुरक्षा व्यवस्था परिचालिन गरिने जानकारी दिए । उनले २५ सयको संख्यामा विवाह पञ्चमी महोत्सवमा सुरक्षाकर्मीहरू परिचालन गरिने छ ।
मेलामा भिडभाड हुने स्थानहरूमा प्रहरीले सुरक्षा गस्ती गर्ने र नगर क्षेत्रको विभिन्न चोकचोकहरूमा सुरक्षाकर्मी श्रद्धालुहरूको सुरक्षाको लागि बस्ने भएका छन् । विशेष गरेर विवाह पञ्चमी र एक अगाडि दिने जनकपुरधाममा श्रद्धालुहरूको अत्याधिक भिड हुने गरेको छ ।
भोली विवाह पञ्चमीको भव्य समारोह हुँदैछ ।

मापदण्डविपरीत सञ्चालित उद्योगमा कारबाही

धारिलो हतियार प्रयोग गरी बालिकाको हत्या

अनलाइन नागरिकता सिफारिस प्रणालीले घट्यो सेवाग्राहीको चाप
_j0pHGa9OqC_z0sfjwqxuvlbjkopkitgu6vlfl7hptuivphdr9h0ovej1ikmzzv055zyfep3_dB3rgBUDzb_fjzd8156js7cx77risi23ojhevfp7e6tex4zwrjefhmhlmys2zih5bp10l0g.jpg)
नेपाली सेनाद्वारा वीरगञ्जमा पानी वितरण

मधेशमा डिपबोरिङ जडान सुरु

स्रोत नखुलेको १० लाख नगदसहित भारतीय नागरिक पक्राउ

लहानस्थित खुट्टी नहर सञ्चालन गर्न माग

प्रतिक्रिया