अक्षयकोषका लागि जुट्यो ७४ लाख

गलेश्वर (म्याग्दी)- मालिका गाउँपालिका–७ बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयले जेहेन्दार विद्यार्थीलाई निःशुल्क शिक्षा उपलब्ध गराउने उद्देश्यले स्थापना गरेको अक्षयकोषमा रु ७४ लाख संकलन भएको छ ।
गत कात्तिक १७ गते शिक्षालयले स्थापनाको घोषणा गरेको किसानी सञ्जीवनी अक्षयकोषमा रु ७३ लाख ६७ हजार पाँचसय ७२ संकलन भएको शिक्षालयका प्राचार्य जङ्गबहादुर गर्बुजाले जानकारी दिए ।
विसं २०६८ मा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)बाट सम्बन्धन प्राप्त गरी २९ महिने कनिष्ठ प्राविधिक सहायक (जेटिए) कोर्ष सुरु गरेको यो शिक्षालयमा २०७२ सालदेखि तीन वर्षे डिप्लोमा इन एग्रिकल्चर (बाली विज्ञान) र तीन वर्षे पशुविज्ञान पठनपाठन पनि सुरु भएको छ । बाली विज्ञान र पशु चिकित्सा (भेटेरिनरी) अध्ययनका लागि यहाँ आउने विद्यार्थीहरूको सङ्ख्या बढ्दै गएको शिक्षालयले जनाएको छ ।
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न

मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान

पाडीबाच्छी हुर्काउन ३० लाख अनुदान

अझै सम्पन्न भएन १३२ केभीको बुर्तिबाङ सबस्टेशन

मनास्लु पदमार्गमा लडेर गुरुङको मृत्यु

६ करोडमा अस्पताल भवन निर्माण

वडा कार्यालयमा आगलागी, आठ लाखको क्षति

प्रतिक्रिया