शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

चिनियाँ भाषाकी प्रसिद्ध लेखिका याओले गरिन् आत्महत्या

बेइजिङ- चिनियाँ भाषाकी प्रसिद्द लेखिका चिउङ याओले आत्महत्या गरेकी छिन् ।

विश्वको सबैभन्दा लोकप्रिय चिनियाँ भाषा रोमान्स उपन्यासकार याओले आत्महत्या गरेकी हुन् ।

८६ वर्षीयाको लेखिकाको शव बुधबार न्यू ताइपे शहरमा रहेको उनको घरमा फेला परेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । ताइवानको केन्द्रीय समाचार एजेन्सीका अनुसार आकस्मिक सेवाहरूले उनले आत्महत्या गरेको जनाएका छन् ।

चिउङ याओले १८ वर्षको उमेरमा लेख्न थालेकी थिइन र उनले ६० भन्दा बढी उपन्यासहरू प्रकाशित गरेकी थिइन् । जसमध्ये धेरैलाई चलचित्र र टिभी श्रृङ्खलाहरूमा रूपान्तरण गरिएको थियो भने तिनीहरू दशकौंसम्म लोकप्रिय रहन पुगे ।

उनी एक सफल पटकथा लेखक र निर्माता पनि थिइन् । उनको सबैभन्दा प्रसिद्ध कामहरूमध्ये एक टिभी नाटक ‘माई फेयर प्रिन्सेस’ थियो, जसले ठूला नामका ताराहरूको क्यारियर सुरु गर्‍यो ।

उनी सन् १९३८ मा चीनको सिचुआनमा चेन चेको जन्म भएको थियो । चिउङ याओ उनको उपनाम हो ।

बुधबार उनको फेसबुक खातामा लेखिएको थियो, ‘अलविदा, मेरा प्रियजनहरू । म भाग्यशाली महसुस गर्छु कि मैले तपाईंलाई यो जीवनमा भेटें र चिनेको छु ।’

यो पोस्ट उनको शव फेला पर्नुअघि वा पछि प्रकाशित गरिएको थियो भन्ने कुनै जानकारी छैन । चिउङ याओले युवाहरूलाई ‘जिन्दगीबाट सजिलै हार नमान्न र तिमी ८६ वा ८७ वर्षसम्म बाँच्दा मात्र मृत्युको सामना गर्नु’ भन्ने सन्देश छाडेकी छिन् । उनले आफ्ना अनुयायीहरूलाई आफ्नो लागि दुःखी नहुन आग्रहसमेत गरेकी छिन् । पछिल्लो समय उनी सक्रिय थिइनन् ।

यद्यपि सन्‌ २०१७ मा उनी आफ्ना सौतेनी छोराछोरीसँगको विवादपछि उनको बिरामी श्रीमानको हेरचाह कसरी गर्ने भन्ने विषयमा विवाद भएपछि उनी हेड्‌लाइन बनेकी थिइन् ।

चिउङ याओले आफ्नो बाल्यकालको केही समय मुख्य भूमि चीनमा बिताइन् किनभने उनको परिवार चीन–जापानी युद्धको समयमा देशभरी सरेको अवस्था थियो । चिनियाँ कम्युनिस्ट पार्टीले मुख्य भूमिको नियन्त्रण लिएपछि सन् १९४९ मा परिवार ताइवान सरेको थियो ।