ठेला व्यापारबाटै जसले कमाउँछिन् मासिक ४० हजार

अमरगढी (डडेल्धुरा)- काम गर्ने जाँगर भए आफ्नै माटोमा मनग्ये कमाउन सकिने दृष्टान्त यहाँकी एक युवतीले प्रस्तुत गरेकी छन् । २२ वर्षीया पूजा बोहराले ठेलामा व्यापार गरेर मासिक रु ४० हजार आर्जन हुने गरेको बताइन् ।
अमरगढी नगरपालिका–२ नयाँ बस्तीकी पूजाले ठेलामा मोमो, चाउमिन, पकौडा, पानीपुरी चटपटे र छोइला बेचेर मासिक रु ४० हजार आर्जन गर्दै आएकी हुन् ।
मध्यम वर्गीय परिवारमा जन्मिएकी पूजाले धेरै हण्डर र ठक्कर खाएर यो अवस्थामा पुगेको बताए । सत्र वर्षको उमेरमा बिहे गर्नुभएकी उनले चार वर्ष धेरै सङ्घर्ष गरे । छ महिना यता ठेलामा व्यापार थालेकी उनी दैनिक १२ घण्टा काम गर्छिन। उनको मासिक आम्दानी घरखर्चमा मात्र सकिँदैन उनले बचत पनि गरेकी छन् ।
श्रीमान्ले अरु सबै कुरामा साथ र सहयोग गरे पनि यो ठेलामा भने उनी बिहानदेखि साँझसम्म एक्लै गर्छिन् । सबै सामान आफैँले जुटाउँछिन् । अनि सबै परिकार आफैँ बनाउन उनलाई दिनभर भ्याइनभ्याइ हुन्छ । महिलाहरु चुलोचौकोमै सीमित हुँदा आर्थिक सामाजिक र राजनीतिकरुपमा पछि परेका उनको बुझाइ छ । रासस
थारु समुदायको मौलिक पर्व ‘गुरही’ आज मनाइँदै

थारु समुदायको मौलिक पहिचान छतरी हराउँदै

खडेरीले रोपेको धान सुक्न थाल्यो

‘डिडिसीले गत मङ्सिरदेखि सङ्कलन गरेको दूधको भुक्तानी किसानलाई गर्न सकेन’

बाजुरा जीप दुर्घटना अपडेटः मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

जीप दुर्घटनामा दुई जनाको मृत्यु

दुई दशकदेखि राजमार्गको पुलमुनि बास

प्रतिक्रिया