पर्वतका बालकृष्ण ६ दिनदेखि बेपत्ता

पर्वत : पर्वतको कुश्मा नगरपालिका–१४ आर्थर डाँडाखर्कका एक पुरुष विगत ६ दिनदेखि सम्पर्कविहीन भएका छन् । स्थानीयवासी ६७ वर्षीय बालकृष्ण विक गत असार १५ गतेदेखि सम्पर्कविहीन भएका हुन् । श्रीमान–श्रीमती मात्रै बस्दै आउनुभएका उहाँहरूबीच असार १४ गते सामान्य घर झगडा भएको थियो ।
भोलिपल्ट १५ गते रोपाइँ गर्नका लागि बालकृष्णले खेताला पनि खोज्नुभएको थियो । बिहान करिब ८ बजेतिर घरबाट निस्ककेका उनी अहिलेसम्म पनि कसैको सम्पर्कमा नआएको स्थानीयवासी शिक्षक सुरेन्द्र शर्मा गौतमले जानकारी दिए ।
“उनी मिजासिलो र खुशी देखिने मान्छे १५ गते बिहान घरबाट निस्केका रहेछन् । झगडाको रिस मरेपछि घर फर्किनुहोला नि भनेको अहिलेसम्म पनि आउनुभएको छैन”, शिक्षक गौतमले भने, “छोरा विदेशमा र बुहारी पोखरामा हुनुहुन्छ । घरमा रहनुभएकी उहाँकी श्रीमतीलाई समस्या भएको छ ।”
कसैले कुश्मा नगरपालिकाको दोबिल्लास्थित सन्तोषचोकमा देखेको बताएको भए पनि उनी कता जानुभयो भन्ने खुलेको छैन । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले बालकृष्ण बेपत्ता रहेको र खोजी गरिदिन भनी परिवारको तर्फबाट निवेदन आएलगत्तै खोजी भइरहेको भए पनि उहाँको अवस्थाबारे पत्ता लाग्न नसकेको बताए ।

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

निन्द्रा नलागे के खाने ?
अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

जबरजस्ती करणीको अभियोगमा दैलेखमा एक पक्राउ

बाढीले डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध

बाजुराको बाम्का बजार ग्यास सिलिण्डर पड्किँदा आगलागी

प्रतिक्रिया