शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

कोरियाली राष्ट्रपतिविरूद्ध महाअभियोग प्रस्तावमा शनिबार मतदान हुने

सियोल- अप्रत्याशित रूपमा ‘मार्सल ल’ लगाउने दक्षिण कोरियाली राष्ट्रपति युनविरूद्ध महाअभियोगमा मतदान हुने भएको छ ।

दक्षिण कोरियाली मिडियाका अनुसार राष्ट्रपति युनलाई महाभियोग लगाउनुपर्ने वा नगर्ने भन्ने विषयमा मतदान स्थानीय समय अनुसार शनिबार ७:०० तय भएको छ । सो दिन महाअभियोगका बारेमा मतदान हुनेछ । 

कोरियाली संसद्‌का ६ विपक्षी दलले उनीविरूद्ध बुधबार महाअभियोग प्रस्ताव दर्ता गरेपछि प्रक्रिया अघि बढाइएको हो । 

कोरियाली संसद्‌मा विपक्षीसँग १९२ सिटको बहुमत भए पनि प्रस्ताव पारित हुनका लागि सत्तारुढ दलका १०८ सांसदमध्ये कम्तीमा आठ सांसदको मत आवश्यकता पर्छ । सत्तारूढ दलका कम्तिमा ८ सांसदले महाअभियोगको पक्षमा मतदान गरे पनि राष्ट्रपति महाअभियोग लागेर निलम्बनमा पर्नेछन भने नत्र उनी महाअभियोगवाट बच्न सक्नेछन् ।

तर, कोरियाली समाचार एजेन्सी योनयापका अनुसार युनको सत्तारुढ पीपुल पावर पार्टीले उनको महाभियोगको विरोध गर्ने भएको छ ।

उता, 'मार्सल ल' लगाउन आफ्नो हात रहेको भन्दै त्यहाँको रक्षा मन्त्रीले राजिनामा दिए पछि कोरियाली राजनीति थप रोचक बन्दै गएको छ ।