हर्क सम्पाङको धम्की प्रेस स्वतन्त्रतामाथिको ज्यादती : पत्रकार महासंघ

नेपाल पत्रकार महासंघले पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई र महासंघका राष्ट्रिय परिषद् सदस्य गोपाल दाहाललाई समाचारको विषयलाई लिएर आएको धम्नीप्रति आपत्ति जनाएको छ ।
सुनसरीस्थित धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ (हर्कराज राई)ले सामाजिक सञ्जाल फेसबुकमार्फत स्ट्याटस लेखर धम्की दिएको घटनाप्रति महासंघको ध्यानाकर्षण भएको जनाएको छ ।
खोज पत्रकारिता केन्द्र (खोपके)मा पत्रकार गोपाल दाहालले हर्क साम्पाङबारे लेखेको समाचार प्रकाशित भएपछि प्रमुख साम्पाङले सामाजिक सञ्जालमा ‘खोज पत्रकारिता केन्द्रका गोपाल दाहाल या कोही प्रतिनिधि भोलि १० बजे धरान १८ को ग्रीन टीमा हाजिर हुनु भन्दै स्टाटस लेखेका थिए ।
अन्यथा ‘तेरो खोज पत्रकारिताको अन्त्य गरिनछु भने मेरो नाम हर्क साम्पाङ होइन’ भन्दै सामाजिक सञ्जालमा धम्कीपूर्ण स्टाटस लेखेको महासंघले जनाएको छ ।
“समाचारप्रति चित्त नबुझे त्यसउपर कानुनी प्रक्रियामा जाने अथवा प्रेस काउन्सिल नेपालमा उजुरी गर्न सकिने स्थापित प्रावधान छ,” महासंघले विज्ञप्ति जारी गर्दै लेखेको छ, “यसलाई बेवास्ता गर्दै सार्वजनिक पदधारी प्रमुखजस्तो जिम्मेवार व्यक्तिबाट गरिएको यो हर्कत अन्यन्त निन्दनीय हुनुका सार्थै प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो ।”
साम्पाङको अराजक र अशोभनीय अभिव्यक्तिले पत्रकारलाई पेसाप्रति हतोत्साहित र त्रसित बनाएको महासंघको ठहर छ । महासंघ प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न र यस किसिमका घटना दोहोरिन नदिने वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग माग गरेको छ ।

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

अतिक्रमित वन क्षेत्र खाली गराई वृक्षरोपण

जलवायु न्याय र हरित अर्थतन्त्रमा युवा सहभागिताको माग

आर्थिक पत्रकार बिक्रम सुनारलाई ‘दशक सम्मान’

मन्दिरमा हत्या गरिएका व्यक्तिको पहिचान खुल्यो

हिम्मतले नन्दप्रसादलाई आत्मनिर्भर बनायो

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_Pp1UWUHp9U_9df5ueyzihcrdrykhrszylgselmuegphxckc4dyt1424wwp8t35yjxu4vkk9_mNQ9CKRDgt_xjlgsxmpal86vqt0dmztqp35uoj93oturukbebne9kosljnsr0cs1kyxpol8_RgfXNNTZ2C_iwmomuq12xtsmpno3nmwdoqmvisn99itebzyhwn33mafvpfsltxch322s9uf_c7mtWtlHyX_jqbnpymfufdizpnojofeomz7efzs6jtzwkfqfssn7dwvsydokj1r90i64wei_6OMgJZkijH_sy2y1ho85xvycum4orld4s0gwboqo0q6bbyzrziroa9lauhvpzqpiuay6o6b.jpg)
प्रतिक्रिया