सुदूरपश्चिमले दियाे काठमाडौं गुर्खाजलाई १६८ रनको लक्ष्य

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आज भएको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौं गुर्खाजलाई जितका लागि १६८ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङकोनिम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६७ रन बनाएकाे हाे । सुदुरपश्चिमका लागि स्कटल्यान्डका ब्याट्सम्यान ब्रान्डन म्याकमुलनले अर्धसतक नघाउन सफल भए, उनले ३६ बलमा ४ छक्का र ३ चौका सहित ५३ रन बनाएर आउट भएका थिए ।
काठमाडौँ गुर्खाजले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले फिल्डिङ गरेकाे थियाे, टस जितेर काठमाडौंले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले बलिङ गर्ने निर्णय लिएको थियाे । हिजोको खेलमा काठमाडौंले कर्णाली याक्सलाई तीन विकेटले पराजित गर्दै पहिलो जीत हासिल गरेको थियाे भने विराटनगरलाई हराउँदै सुदूरपश्चिम विजयी भएर आएकाे टाेली हाे । यसअघि दुवै विजयी टाेली एकअर्कालाइ पराजय गराउन मैदानमा उत्रदैँछन् ।
आज हुने पहिलो खेलमा काठमाडौं गोर्खाजको नेतृत्व करण केसीले नेतृत्व गर्दैछन् भने सुदूरपश्चिमबाट दिपेन्द्र सिंह ऐरीले नेतृत्व गर्ने छन् ।
एनपिएल गत शुक्रवारबाट सुरू भएको थियो । एनपिएलको विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने भएको छ । एनपिएलको उद्घाटन कार्यक्रममा विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउनेछन् भने प्रतियोगिताको उपविजेताले ५० लाख, तेस्रो हुने टिमले ३० लाख र चौथो हुने टिमले २० लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_zc6keGm69h_mtewttbx3rqqwyihsmx5o95ta2br01dod342c6sy9knjibjdb1mdmzjavbon.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया