बुधबार ०७ साउन, २०८२
Wednesday, July 23, 2025

रामचन्द्र मन्दिर बत्तीसपुतलीमा विवाहपञ्चमी उत्सव

काठमाडौँ- काठमाडौँ महानगरपालिका–९ बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरमा पनि आज विवाह महोत्सवको कार्यक्रम आयोजना गरिएको छ । श्रीरामचन्द्र मन्दिर जीर्णोद्धार एवं सवर्द्र्धन समितिको आयोजनामा यहाँ विवाह महोत्सव मनाउन लागिएको हो । विवाह महोत्सव बिहान ९:०० देखि दिउँसो १:०० बजेसम्म आयोजना गरिने मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

यसैगरी गोकर्णेश्वर नगरपालिका–९ आरुबारी र वडा नम्बर २ को भूमिस्थलीस्थित श्रीरामचन्द्र मन्दिरमा पनि विभिन्न कार्यक्रम आयोजना गरी श्रीरामचन्द्र विवाह महोत्सव पर्व मनाइने जनाइएको छ । काठमाडौँ उपत्यका र बाहिरका श्रीरामचन्द्र मन्दिरमा पनि आज विधिपूर्वक श्रीराम सीताको पूजा, आराधनासहित विवाह गरिएिर महोत्सव मनाइने भएको छ ।