सोमबार २९ बैशाख, २०८२
Monday, May 12, 2025

चितवन राइनोजविरूद्ध टस जितेर बलिङ गर्दै कर्णाली याक्स

काठमाडौँ- नेपाल प्रिमियर लिग एनपीएलमा आजको खेलमा चितवन राइनोजविरूद्ध कर्णाली याक्सले टस जितेर पहिले बलिङ रोजेको छ । शुक्रबार टीयू अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा कर्णाली याक्सले टस जितेर चितवन राइनोजलाई ब्याटिङकव निम्तो दिएको हो ।

जनकपुर बोल्टससँग ८ विकेटले र काठमाडौँ गुर्खाजसँग तीन विकेटले पराजित भएको कर्णालीलाई यो खेल जित्नै पर्ने दबाब रहेको छ भने पोखरालाई ७२ रनले हराएर आएको चितवन राइनोजलाई दोस्रो खेलमा जित हासिल गर्न दबाब बढ्ने छ । भारतीय चर्चित खेलाडी शिखर धवनले ७२ रन जोडे पनि अन्ततः कर्णाली काठमाडौँसँग ३ विकेटमा पराजित भएको थियो ।

आज हुने पहिलो खेलमा चितवनको नेतृत्व कुशल मल्लले गर्दैछन् भने कर्णालीबाट सोमपाल कामीले नेतृत्व गर्नेछन् । 

कर्णाली याक्सको प्लेइङ ११ मा शिखर धवन, देव खनाल, चाडविक वाल्टन, विलियम बोसिस्टो, जिसान मक्सुद, अर्जुन घर्ती, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, विपिन प्रसाद शर्मा, युनिश सिंह ठकुरी रहेका छन् ।

त्यस्तै चितवन राइनोजको प्लेइङ ११ मा दीपक बोहरा, कुशल मल्ल, जान निकोल लफ्टी इटन, रवि बोपारा, लुक बेन्केन्सटेइन, सन्तोष कार्की, शरद भेषावकर, अमर सिंह राउटेला, रिजन ढकाल, रन्जित कुमार, सोहेल तनविर रहेका छन् ।