चितवन राइनोजले दियो कर्णाली याक्सलाई १३१ रनको लक्ष्य

काठमाडौँ- जारी नेपाल प्रिमियर लिग एनपीएलमा आजको खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई १३१ रनको लक्ष्य दिएको छ । शुक्रबार टीयू अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा कर्णाली याक्सले टस जितेर चितवन राइनोजलाई ब्याटिङको निम्तो दिएको थियो ।
चितवन राइनोजले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३० रन बनाएको हो ।
जनकपुर बोल्टससँग ८ विकेटले र काठमाडौँ गुर्खाजसँग तीन विकेटले पराजित भएको कर्णालीलाई यो खेल जित्नै पर्ने दबाब रहेको छ भने पोखरालाई ७२ रनले हराएर आएको चितवन राइनोजलाई दोस्रो खेलमा जित हासिल गर्न दबाब बढ्ने छ । भारतीय चर्चित खेलाडी शिखर धवनले ७२ रन जोडे पनि अन्ततः कर्णाली काठमाडौँसँग ३ विकेटमा पराजित भएको थियो ।
आज हुने पहिलो खेलमा चितवनको नेतृत्व कुशल मल्लले गरेका छन् भने कर्णालीबाट सोमपाल कामीले नेतृत्व गरेका छन् ।
कर्णाली याक्सको प्लेइङ ११ मा शिखर धवन, देव खनाल, चाडविक वाल्टन, विलियम बोसिस्टो, जिसान मक्सुद, अर्जुन घर्ती, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, विपिन प्रसाद शर्मा, युनिश सिंह ठकुरी रहेका छन् ।
त्यस्तै चितवन राइनोजको प्लेइङ ११ मा दीपक बोहरा, कुशल मल्ल, जान निकोल लफ्टी इटन, रवि बोपारा, लुक बेन्केन्सटेइन, सन्तोष कार्की, शरद भेषावकर, अमर सिंह राउटेला, रिजन ढकाल, रन्जित कुमार, सोहेल तनविर रहेका छन् ।

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया