मण्डलामा ‘ढुकढुकी ७२ मेगाहर्ज’

काठमाडौँ- थापागाउँस्थित मण्डला नाटकघरमा नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’ को नियमित मञ्चन भइरहेको छ । सन्तानसुखको आशामा बसेका आम दम्पतीको मनोदशा, संवेग र कठिनाइको आयामलाई नाटकमार्फत प्रस्तुत गरिएको निर्देशक केदार श्रेष्ठले बताए ।
“दम्पतीको सन्तान प्राप्तिको उत्कट चाहना र त्यससँगै आउँने जटिलतामा आधारित नाटकमा मानव जीवनका संवेदना, सहअस्तित्व र प्रेमको कथा प्रस्तुत गरेको छौँ । यसमा घटनाभन्दा पनि त्यसबाट सिर्जित प्रभाव र प्रेमको कथालाई प्रस्तुत गरिएको छ”, निर्देशक श्रेष्ठले भने ।
मङ्सिर २३ गतेसम्म सञ्चालन हुने नाटकमा कार्म र मेनुका प्रधानले दम्पतीको भूमिका निर्वाह गरेका छन् । अभिनेता तथा रङ्गकर्मी दयाहाङ राई निर्माता रहनुभएको नाटक मङ्सिर १६ गतेसम्म सञ्चालन हुने भनिए पनि दर्शकको मागका कारण एक हप्ता समय थप गरिएको लेखक तथा निर्देशक श्रेष्ठले जानकारी दिए ।

सर्वनाममा फागुन १७ देखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल हुँदै, १३ देशको सह…

‘अब हाँस्छ अनि नाच्छ क्यानडा’ शो हुँदै
काठमाडौँमा दक्षिण एसियाली उत्कृष्ट महिला कलाकारका सिर्जनाको प्रदर्शनी हुने

मण्डलामा ‘मुक्कुम्लुङ’ मञ्चन हुँदै

मह जोडीको अन्तिम प्रहसन 'मह जात्रा' कमलादीमा सुरू

प्रतिक्रिया