नवनिर्वाचित वडाअध्यक्ष सपथग्रहण लगतै पक्राउ

राजविराज(सप्तरी)- डाक्नेश्वरी नगरपालिका वडा नं. १ का नवनिर्वाचित वडाअध्यक्ष सपथग्रहण लगत्तै पक्राउ परेका छन् । सपथ ग्रहणपछि पदभार ग्रहण कार्यक्रममा सहभागी हुन पुगेका धीरेन्द्रकुमार साहलाई प्रहरीले पक्राउ गरेको हो ।
तीन वर्ष अघि सोही वडाकी १९ वर्षिया एक युवतीको अपहरण, जबरजस्तीकरणी र कर्तव्य ज्यान घटनामा साहको समेत संलग्नता रहेको भन्दै पीडित परिवारले प्रहरीमा उजुरी दर्ता गरेको थियो । सोही अभियोगमा साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यही मङ्सिर १६ गते सम्पन्न उपनिर्वाचनमा साह जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट निर्वाचित भएका थिए । प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले नवनिर्वाचित वडाध्यक्ष साह उपर अपहरण तथा शरीर बन्धक, जबरजस्तीकरणी र कर्तब्य ज्यान मुद्दामा अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिए । प्रहरीका अनुसार साह र अन्य केही प्रतिवादीविरुद्ध २०७९ साल साउन १७ गते अपहरण तथा शरीर बन्धक, जबरजस्तीकरणी र कर्तव्य ज्यान लगायतका अपराध गरेको उजुरी परेको छ ।
साह सहितका व्यक्तिविरुद्ध २०७९ साल साउन १९ गते पीडित परिवारद्वारा इलाका प्रहरी कार्यालय कल्याणपुरमा जाहेरी परेको थियो । त्यसयता साह फरार भएका थिए । विसं २०८० साल जेठ १० गते जिल्ला सरकारी वकिल कार्यालय सप्तरीमार्फत इलाका प्रहरी कार्यालय कल्याणपुरमा जाहेरी परेको थियो ।
साथै गत साउन १४ गते पनि इलाका प्रहरी कार्यालय कल्याणपुरमा उक्त मुद्दा दर्ता भएको र गत साउन १५ गते साहसहितका प्रतिवादीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो । प्रहरीले खोजतलास गरिरहेको र पक्राउ पर्न सक्ने आकलन गर्दै साहले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका थिए । विसं २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनबाट नेपाली कांग्रेसका प्रितमलाल चौधरीको निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो । -रासस

अतिक्रमित वन क्षेत्र खाली गराई वृक्षरोपण

जलवायु न्याय र हरित अर्थतन्त्रमा युवा सहभागिताको माग

आर्थिक पत्रकार बिक्रम सुनारलाई ‘दशक सम्मान’

मन्दिरमा हत्या गरिएका व्यक्तिको पहिचान खुल्यो

हिम्मतले नन्दप्रसादलाई आत्मनिर्भर बनायो

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_Pp1UWUHp9U_9df5ueyzihcrdrykhrszylgselmuegphxckc4dyt1424wwp8t35yjxu4vkk9_mNQ9CKRDgt_xjlgsxmpal86vqt0dmztqp35uoj93oturukbebne9kosljnsr0cs1kyxpol8_RgfXNNTZ2C_iwmomuq12xtsmpno3nmwdoqmvisn99itebzyhwn33mafvpfsltxch322s9uf_c7mtWtlHyX_jqbnpymfufdizpnojofeomz7efzs6jtzwkfqfssn7dwvsydokj1r90i64wei_7kEffoq8JK_dxisms0heplyy2q5pf2qnarnuyttv00zl3emvdpmqzfcdsnjs7t4r9fgtbe1.jpg)
तीन महिनामा २३०० बढी विपद्जन्य घटना

प्रतिक्रिया