नेपाली कला र सीपलाई नवपुस्तामा हस्तान्तरण गर्नुपर्छ : संस्कृतिमन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपाली कला, संस्कृति र सीपलाई नवपुस्तामा हस्तान्तरण गर्न जरुरी रहेको बताएका छन् ।
शुक्रबार यहाँ आयोजित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १७ औँ प्राज्ञसभालाई सम्बोधन गर्दै मन्त्री पाण्डेले नेपाली कलालाई विश्वमा पुर्याउन सके महत्व अझै बढ्ने धारण राखे । सोही अवसरमा उहाँले सिर्जनशील हुँदै उपलब्धीमूलक काम गर्न प्रतिष्ठानका अधिकारीहरुलाई आग्रह पनि गरे ।
उनले भने,“वर्तमान अवस्थामा न्यूनतम स्रोत र साधनबीच पनि कसरी सिर्जनशील र धेरै परिणाम निकाल्ने काम गर्नुपर्छ भन्नेमा हामीले सोच्नुपर्छ, यसतर्फ ध्यान जाओस् ।”
प्रतिष्ठानको सक्रियता प्रशंसनीय भएको र थप सक्रियताका लागि शुभकामना दिँदै उनले थपे, “नेपाली कला, सीपलाई नवपुस्तामा हस्तान्तरण गर्दै समयानुरूप विश्वमञ्चमा अघि बढाउनुपर्छ । मन्त्रालयका तर्फबाट ललितकलाको विकासका लागि सक्दो सहयोग हुनेछ । यस सभाले प्रतिष्ठानको आगामी दिशाबोध राम्ररी गरोस् ।”
समारोहमा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्राज्ञसभामार्फत विस्तृत रूपमा आन्तरिक तथा आगामी रणनीतिक विषयमा छलफल हुने बताए । उनले भने,“युगको गतिशीलताअनुसार प्रतिष्ठानले काम गर्नुपर्ने छ । त्यसकारण हामी मनोगत र वस्तुगत तयारी गरी अघि बढ्ने छौँ । सांस्कृतिक क्षेत्रको पुनर्ताजगीका लागि प्राज्ञिक क्षेत्रले बोध गर्ने समय अहिले नै हो ।”
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्माले तीनवटै केन्द्रीय प्रतिष्ठानमध्ये ललितकला प्रज्ञा–प्रतिष्ठानको काम राम्रो रहेको बताए । उनले प्राज्ञसभाले आगामी दिनका लागि राम्रो निचोड निकाल्ने विश्वास व्यक्त गरे ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले प्रतिष्ठान स्थापनाकालदेखि हालसम्मको अवस्थामा निरन्तर परिपक्व हुँदै गएको धारणा राखे । उनले प्रतिष्ठानलाई ललितकलाका क्षेत्रमा थप अग्रसरता लिएर काम गर्न पर्याप्त बजेटको अभाव रहेको बताए ।
प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले प्रतिष्ठानले ललितकला क्षेत्रको पुनर्जागरणका लागि ललितकलालाई स्थानीय तहदेखि नै सक्रिय पार्न आवश्यक रहेको र यो क्रम जारी रहेको बताए।
उनले प्रतिष्ठानले आव २०८१/८२ को प्रथम त्रैमासिकमा गरेका कार्यहरूको चर्चा गर्दै विभिन्न पालिका, महानगर, सङ्घसंस्थालगायतसँगको सहकार्यमा गरेका कार्यहरूको समेत चर्चा गरे ।
यस प्राज्ञसभाले ललितकला क्षेत्रको आगामी दिनको मार्ग तय गर्ने उनले बताए । “अहिले नेपाली कलालाई मौलिकतासहित सैद्धान्तिकीकरण गर्नुपर्ने र संस्कृति, प्रकृति र कलालाई विकासका रूपमा अघि बढाउनुपर्ने आवश्यकता छ”, थुम्केलीले भने ।

भौतिक पूर्वाधारमन्त्रीको एक वर्षः पुँजीगत खर्च छ वर्षयताकै बढी

‘नेपाल भित्रिने वस्तुमा ‘नेपाल गुणस्तर’ अनिवार्य बनाइनुपर्छ’

सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल, मन्त्री पाण्डेले औँल्याए सुरक्षित मार्ग…

नेपाली भुमी भारतको खिलाफमा प्रयाोग गर्न दिनुहुन्न: श्रम मन्त्री भण्डारी

स्वास्थ्य पौडेलको एक वर्षः स्वास्थ्यमा सकारात्मक सुधारको सुरुआत

श्रमिकको न्यूनतम पारिश्रमिक रु १९ हजार ५५०

जग्गा प्रकरणसम्बन्धी अडियो रेकर्डमाथि छानबिन होस्, दोषी देखिए जस्तोसुकै सजाय भो…

प्रतिक्रिया