शारीरिक सुगठन च्याम्पियनसिपका रजत पदक विजेतालाई रु एक लाख

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले शारीरिक सुगठन च्याम्पियनसिपका रजत पदक विजेतालाई जनही रु एक लाख नगदसहित सम्मान गरेको छ । शुक्रबार भएको एक कार्यक्रममा कामपाको प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डङ्गोलले, १५ औँ वर्ल्ड बडी बिल्डिङ् एण्ड फिजिक च्याम्पियनसिप २०२४ का रजत पदक विजेता खेलाडीलाई नगद रु एक लाखसहित सम्मान गरेका हुन् ।
गत कात्तिक २० गतेदेखि २५ गतेसम्म वर्ल्ड बडी बिल्डिङ एण्ड फिजिक स्पोर्टस् फेडेरेसनले माल्दिभ्समा आयोजना गरेको खेलका पदक विजेतालाई कामपा सामाजिक विकास विभागले आयोजना गरेको कार्यक्रममा नगदसहित सम्मान गरिएको हो ।
प्रतियोगितामा ६० किलो तौल समूहतर्फ रुजेश शाही, मास्टर्स ४० वर्ष उमेर समूहतर्फ प्रज्वलमान शाक्य, महिला ५५ किलो तौल समूहतर्फ रजनी श्रेष्ठ, पिस स्वीमस्वीट १६५ सेन्टिमिटर महिलातर्फ सनम मुलगुठीले रजत पदक प्राप्त गरेका थिए ।
सम्मान अवसरमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँ, प्रवक्ता नवीन मानन्धर, सामाजिक समितिका पदाधिकारी, कार्यपालिका सदस्यसहित अधिकारीहरु उपस्थित थियो । महानगरपालिकाले खेल क्षेत्रको प्रवद्र्धन र खेलाडीको आत्मबल बढाउन राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिताका विजेतालाई नगदसहित सम्मान गर्ने गरेको छ ।

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया