बिहीबार ०४ बैशाख, २०८२
Thursday, April 17, 2025

राष्ट्रिय सभा आठौँ अधिवेशनको दोस्रो बैठक सुरु (लाइभ)

काठमाडौँ : राष्ट्रिय सभा आठौँ अधिवेशनको दोस्रो बैठक सुरु भएको छ । आजको बैठकमा मुख्यत: तीनवटा बुँदामा राष्ट्रिय सभाको कार्यसूची तय गरिएको छ ।

आजको कार्यसूची अनुसार सुरुमा अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रिय सभा सदस्यको स्थान रिक्त भएको जानकारी गराउनेछन् । त्यस्तै  प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट 'राष्ट्रिय समावेशी आयोगको दोस्रो वार्षिक प्रतिवेदन' सदनमा पेस हुनेछ ।

त्यसैगरी प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारीले समितिको दोस्रो वार्षिक प्रतिवेदन सभामा पेस गर्ने कार्यसूची छ । उपप्रधान तथा गृहमन्त्री विष्णु पौडेलले पनि आझै सम्बोधन गर्ने भएका छन् ।

हेर्नुहोस् लाइभ :