शनिबार २८ असार, २०८२
Saturday, July 12, 2025

एनपीएलमा आज दोस्रो खेल : दुई-दुई खेल हारेका कर्णाली र विराटनगर जितको खोजीमा

काठमाडौँ- राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् । 

एनपीएलको आजको पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । 

त्यस्तै आजको दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्ग्स भिड्दैछन् । यो खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो सवा १ बजे सुरू हुनेछ । 

जारी एनपिएलमा कर्णाली याक्सले तीन खेल खेलेको छ । जसमा दुई वटामा पराजित हुँदा एक  खेल भने जितेको छ । जारी एनपीएलमा तीन खेल खेलेको विराटनगर किङ्गसले पनि यसअघि दुई खेलमा हार भोग्दै एक खेल जितेको थियो ।

विराटनगर किंग्स
सन्दीप लामिछाने – मार्की, लोकेश बम, प्रतिश जीसी, बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दिपक बोहरा, सुभाष भण्डारी, नरेन भट्ट, मृनाल गुरुङ, अकिब इल्यास (ओमान), मार्टिन गप्टिल (न्युजिल्यान्ड), निकोलास किर्टन (क्यानडा), क्रिस सोल (स्कटल्यान्ड), इस्मल आलम (अफगानिस्तान)।

कर्णाली याक्स
सोमपाल कामी– मार्की, गुलशन कुमार झा, नन्दन यादव, मौसम ढकाल, अर्जुन घर्ती, देव खनाल, रित गौतम, भुवन कार्की, दिपेन्द्र रावत, दिपक डुम्रे, युनिसविक्रम सिंह ठकुरी, शिखर धवन (भारत), बाबर हायत (हङकङ), चाडविक वाल्टन (वेस्ट इन्डिज), जीशान मक्सुद (ओमान),  विपिन शर्मा (आइकोनिक)।