नेदरल्यान्ड्समा आँधीका कारण १०० भन्दा बढी उडान रद्द

हेग- आँधीले शुक्रबार नेदरल्यान्ड्समा व्यापक अवरोध सिर्जना गर्यो । एम्स्टर्डम विमानस्थल सिफोलमा १०० भन्दा बढी उडानहरू रद्द गरियो र रेलमार्ग, सडक यातायात र जलमार्गहरू प्रभावित भएका छन् ।
डच राष्ट्रिय मौसम विज्ञान संस्थान (केएनएमआई) ले १२ मध्ये १० प्रान्तमा लगभग सम्पूर्ण देशका लागि पहेँलो मौसम चेतावनी जारी गर्यो ।
आँधीको गति ७५ देखि ९० किलोमिटर प्रतिघन्टा रहेको र तटीय क्षेत्रमा ९० देखि १०० किलोमिटर प्रतिघन्टाको गतिमा हावा चलेको छ ।
उत्तरी वाडेन टापूहरूमा आँधीको गति १०० देखि १२० किलोमिटर प्रति घन्टासम्म पुग्नसक्छ । शुक्रबार बिहानसम्म एक सयभन्दा बढी उडान रद्द भइसकेका छन् ।
फ्लेभोल्याण्ड प्रान्त नजिकैको मार्करवार्ड बाँध आँधीका कारण बन्द गरिएको छ । (सिन्ह्वा)
अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर

भारतले कर नबढाउने प्रस्ताव गरेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

‘सन् २०२५ मा अमेरिकाले वैदेशिक पर्यटनबाट १२ अर्ब ५० करोड डलर घाटा व्यहोर्ने’

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा प्रस्तावित नेटो खर्चको लक्ष्य पूरा गर्न जर्मनी तयार

गाजामा आक्रमण : मृत्यु हुनेको सङ्ख्या १०० नाघ्यो

लखनउमा बस आगलागी, जलेर पाँच जनाको मृत्यु

जेलेन्स्की टर्की पुग्दा पुटिन भने मस्कोमा नै

प्रतिक्रिया