प्रजननदर घटेपछि टोकियोका कर्मचारीलाई हप्ताको ३ दिन बिदा

टोकियो- टोकियो सरकारले प्रजनन क्षमता र पारिवारिक समय बढाउन कामदारहरूलाई हप्ताको ३ दिन बिदा दिने निर्णय गरेको छ ।
जापानी राजधानीले काम गर्ने आमाहरूलाई मद्दत गर्न र प्रजनन दरलाई बढावा दिनको लागिसरकारी कर्मचारीहरूका लागि ३ दिन बिदा दिने निर्णय गरेको हो ।
टोकियो मेट्रोपोलिटन सरकारले अप्रिलबाट सुरु हुने नयाँ व्यवस्थाले कर्मचारीहरूलाई हरेक हप्ता तीन दिन बिदा लिन सक्नेछन् ।
यसले छुट्टै अर्को नीति घोषणा गर्यो, जसले प्राथमिक विद्यालयहरूमा कक्षा १ देखि ३ सम्मका बच्चाहरू भएका अभिभावकहरूलाई चाँडै अफिसबाट बाहिर निस्कन मिल्ने गरी उनीहरूको तलबमानमा वृद्धिसमेत गरिने भएको छ ।
‘हामी कार्यशैलीहरूको समीक्षा गर्नेछौं, त्यो पनि लचिलोपनका साथ । यो सुनिश्चित गर्दै कि बच्चाको जन्म वा बाल हेरचाह जस्ता जीवन घटनाहरूका कारण कसैले पनि आफ्नो क्यारियर त्याग्न नपरोस्,’ टोकियो गभर्नर युरिको कोइकेले उक्त घोषणा गर्दै भनिन्, ‘अब देशको लागि यो चुनौतीपूर्ण समयमा हाम्रा जनताको जीवन, जीविकोपार्जन र अर्थतन्त्रको संरक्षण र बृद्धि गर्न टोकियोले पहल गर्ने समय आएको छ ।’
जापानको प्रजनन दर, जसले धेरै वर्षदेखि तीव्र गिरावट भोगिरहेको छ, गत जुनमा त रेकर्ड न्यून पुगेको थियो । यद्यपि सरकारले युवाहरूलाई विवाह गर्न र परिवार सुरु गर्न प्रोत्साहित गर्ने प्रयासहरू भने निकै बढाएको छ।
गत वर्ष ७ लाख २७ हजार २७७ जन्म रेकर्ड मात्र कायम भएको थियो, जसमा प्रजनन दर एक महिलाले आफ्नो जीवनकालमा बच्चा जन्माउने संख्या माइनस १.२ को अनुपातमा रहेको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले जनाएको छ। जनसंख्या स्थिर रहनको लागि कम्तिमा २.१ को अनुपातमा प्रजनन दर चाहिन्छ।
अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर

भारतले कर नबढाउने प्रस्ताव गरेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

‘सन् २०२५ मा अमेरिकाले वैदेशिक पर्यटनबाट १२ अर्ब ५० करोड डलर घाटा व्यहोर्ने’

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा प्रस्तावित नेटो खर्चको लक्ष्य पूरा गर्न जर्मनी तयार

गाजामा आक्रमण : मृत्यु हुनेको सङ्ख्या १०० नाघ्यो

लखनउमा बस आगलागी, जलेर पाँच जनाको मृत्यु

जेलेन्स्की टर्की पुग्दा पुटिन भने मस्कोमा नै

प्रतिक्रिया