जीर्ण भवनबाट सेवा दिन बाध्य स्वास्थ्यकर्मी

वीरगञ्ज- पर्साको बहुदरमाई नगरपालिका-९ विश्रामपुरस्थित स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी जीर्ण भवनबाट सेवा दिन बाध्य छन् ।
स्वास्थ्य चौकीमा बर्थिङ सेन्टरसमेत सञ्चालन भएकाले स्वास्थ्यकर्मी राति यीनै भवनमा बस्ने गरेका छन् । २०२६ सालमा निर्माण भएको यो स्वास्थ्य चौकी क्षेत्रकै पुरानो भवन हो ।
एक कार्यालय सहयोगी र तीन स्वास्थ्यकर्मी उक्त भवनमा बस्ने गरेका छन् । भवनका विभिन्न भागमा चर्किएका छन्, सुत्ने कोठा र भान्साको सिलिङ उप्किएर प्लास्टर भुइँमा झरेको छ । वर्षातको समयमा पानीसमेत चुहिने गरेको स्वास्थ्यकर्मीहरूले गुनासो गरेका छन् ।
स्वास्थ्यकर्मीका अनुसार गत वर्षको वर्षातमा भान्सा कोठाको सिलिङको प्लास्टर ग्यास चुलामाथि झरेको थियो । 'ठूलो आवाजसहित सिलिङको प्लास्टर चुलोमाथि झरेको थियो, चुलो कुच्चिएर काम नलाग्ने भएको छ ।' राति सुत्नसमेत डर लाग्ने अवस्था भएको स्वास्थ्यकर्मी बताउँछन् । उक्त बर्थिङ सेन्टरमा मासिक करिब पाँच जना गर्भवती महिला आउने गर्छन् ।

स्रोत नखुलेको २८ लाखसहित तीन जना पक्राउ

सिरहामा शकांस्पद मृत्यु प्रकरण : श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

२८ लाखसहित पर्साबाट तीन जना हुण्डी कारोबारी पक्राउ

माइलेज च्याम्पियन सकियो, चन्देश्वर सिंह विजयी

परेन पानी, भएन रोपाइँ

मधेस सरकारले मलखाद समयमै उपलब्ध गराउनुपर्छः कांग्रेस सभापति यादब

सिरहामा एक युवकको शव फेला, हत्याको आशंका

प्रतिक्रिया