आइतबार ०७ बैशाख, २०८२
Sunday, April 20, 2025

सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई दियो १८८ रनको लक्ष्य

काठमाडौँ- जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा  सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १८८ रनको लक्ष्य दिएको छ । शनिबार बिहान कीर्तिपुरस्थित टीयू मैदानमा भएको खेलमा ४ विकेटको क्षतिमा सुदूरपश्चिमले निर्धारित २० ओभरमा लुम्बिनीविरूद्ध १८७ रन बनाएको हो ।

लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सविरूद्ध टस जितेर पहिले बलिङ रोजेको थियो ।

सुदुरपश्चिमका लागि ओपनर सइफ जइबले ९० रन बनाए भने अर्का ओपनर विनोद भण्डारी १७ रन जोडे । 

 ब्रान्डन माक्मलेन २३ रन जोडे ।

त्यस्तै कप्तान दीपेन्द्रसिंह ऐरीले नटआउट ३९ रन बनाए । त्यस्तै स्कट कुगेलेइनले नटआउट ११ रन बनाए । 

लुम्बिनी लायन्सको प्लेइङ ११ मा अर्जुन कुमाल, रोहित पौडेल, टम मूर्स, उन्मुक्त चन्द, सन्दीप जोरा, बिबेक यादव, साद बिन जफर, सूर्य तामाङ, रामोन सिमोण्ड्स, दुर्गेश गुप्ता, दिनेश अधिकारी रहेका छन् ।

सुदूरपश्चिम रोयल्सको प्लेइङ ११ मा इशान पाण्डे, अमित श्रेष्ठ, विनोद भण्डारी, ब्राण्डन म्याकमुलेन, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, वसन्त खत्री, सैफ अली जैब, अविनाश बोहरा, स्कट कुगेलेइन, नरेन साउद रहेका छन् ।