सुदूरपश्चिमले निकाल्यो लगातार तेस्रो जित, लुम्बिनीको तेस्रो हार (तस्बिरहरू)

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सविरूद्ध जित निकालेको छ ।
शनिबार बिहान कीर्तिपुरस्थित टीयू मैदानमा भएको खेलमा सुदूरपश्चिमले जित निकालेको हो ।
लुम्बिनीले सुदूरपश्चिमविरूद्ध टस जितेर पहिले बलिङ रोजेको थियो । लुम्बिनीलाई सुदूरपश्चिमले ४ विकेटको क्षतिमा निर्धारित २० ओभरमा १८८ रनको लक्ष्य दिएको थियो ।
तर लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४२ रन मात्रै बनायो । सुदूरपश्चिमले लुम्बिनीविरूद्ध ४५ रनले जित निकालेको हो ।
सुदूरपश्चिमको लगातार यो तेस्रो जित हो । त्यस्तै लुम्बिनीको यो तेस्रो हार हो । लगातार तेस्रो खेल हार्ने टीममा लुम्बिनी रहेको छ ।
सुदुरपश्चिमका लागि ओपनर सइफ जइबले ९० रन बनाए भने अर्का ओपनर विनोद भण्डारी १७ रन जोडे ।
ब्रान्डन माक्मलेन २३ रन जोडे ।
त्यस्तै कप्तान दीपेन्द्रसिंह ऐरीले नटआउट ३९ रन बनाए । त्यस्तै स्कट कुगेलेइनले नटआउट ११ रन बनाए ।
लुम्बिनी लायन्सको प्लेइङ ११ मा अर्जुन कुमाल, रोहित पौडेल, टम मूर्स, उन्मुक्त चन्द, सन्दीप जोरा, बिबेक यादव, साद बिन जफर, सूर्य तामाङ, रामोन सिमोण्ड्स, दुर्गेश गुप्ता, दिनेश अधिकारी रहेका थिए ।
सुदूरपश्चिम रोयल्सको प्लेइङ ११ मा इशान पाण्डे, अमित श्रेष्ठ, विनोद भण्डारी, ब्राण्डन म्याकमुलेन, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, वसन्त खत्री, सैफ अली जैब, अविनाश बोहरा, स्कट कुगेलेइन, नरेन साउद रहेका थिए ।
लुम्बिनीका विवेक यादवले नटआउट ७७ रन बनाए । कप्तान रोहित पौडेल ५ रन बनाए । त्यसैगरी लुम्बिनीका टम मूर्स ७ रन जोडे ।
सन्दीप जोराले २० रन बनाए भने दिनेश अधिकारी १४ रन जोडे । सूर्य तामाङ ७ रनमा आउट भएका थिए ।
तस्बिरहरू : एनपीएल

काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षकमा मोन्टी देसाइ नियुक्त
नेपाल स्ट्रिट प्रिमियर लिग टी–१० क्रिकेट काठमाडौँमा हुँदै

एसीसी यू १६ इस्ट जोन कप : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_LLEX9Vreec_id575usoietdrtsruay6baycrj6dzxyuzhcve6ejcwcxa7m0x2e1khahdrjg.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

प्रतिक्रिया