सोमबार ०८ बैशाख, २०८२
Monday, April 21, 2025

बिआरआई गिजोलेकोमा झलनाथ खनाल असन्तुष्ट

फाइल तस्बिर

काठमाडौँ- पुर्व प्रधानमन्त्री झलनाथ खनालले बिआरआईको फ्रेमवर्क गिजोलेकोमा असन्तुष्टी जाहेर गरेका छन् । यद्धपी बिआरआइ फ्रेमवर्कमा हस्ताक्षर भएकोमा खुसी भने व्यक्त गरेका छन् । 

चीनको एक साता लामो भ्रमण सकेर आज स्वदेश फर्केका नेकपा एकीकृत समाजवादीका सम्मानित नेतासमेत रहेका खनालले खुसी व्यक्त गरेका हुन् । 
 
तर, केपी ओली नेतृत्वको सरकारले राम्रो सम्बन्ध बनाउन नसकेको भन्दै बिरआरआई सम्झौताका लागि गरिएको आनाकानीमा भने उनले असन्तुष्टी जनाएका छन् । उनी चीनसँग ऋण लिएर भएपनि बिआरआई परियोजनामा सामेल हुनुपर्ने तर्क गर्दै आएका नेता हुन् ।

‘लामो प्रयासपछि बिआरआई सम्झौता भएको छ। आखिर सम्झौता गर्नैपर्ने थियो भने यत्रो नक्कली नाटक किन गर्नुपथ्यो ? छिमेकी देशहरूसँग जसले राम्रो सम्बन्ध बनाउन सक्दैन । त्यसले अन्यसँग कसरी राम्रो सम्बन्ध बनाउन सक्छ ?’ उनले भने, ‘यो त पहिले नै अध्ययन गरेर राम्रो होमवर्क गरेर गर्नुपर्ने काम थियो ।’

उनका अनुसार छिमेकीहरुसँग लापरबाही तरिकाले प्रस्तुत हुनु हुँदैन । ‘तर, धेरै पटक घुमाउरो कुरा गरेर भएपनि सम्झौता भएको छ । यो चाहिँ खुसीको कुरा हो,’ उनले भने ।

चीनको गोन्जाओमा सम्पन्न भएको एक विश्व सम्मेलनमा सहभागी हुन उनी गत शनिबार चीन प्रस्थान गरेका थिए ।