दुई लाखलाई सेवा दिने आँखा अस्पतालको लक्ष्य

काठमाडौँ - नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले चालु आर्थिक वर्षमा दुई लाख सेवाग्राहीलाई सेवा प्रदान गराउने लक्ष्य लिएको छ । गत आवमा एक लाख ६२ हजार बिरामीलाई सेवा उपलब्ध गराएको अस्पतालले चालु आवमा करिब ४० हजारभन्दा बढीलाई सेवा प्रवाह गर्ने लक्ष्य लिएको हो ।
आज आयोजित अस्पतालको २०औँ वार्षिक साधारणसभामा अस्पतालले गत आवमा १० हजारको आँखाको विभिन्न खाले शल्यक्रिया गरेकामा चालु आवमा बढाएर १५ हजार पु¥याउने लक्ष्य लिइएको जानकारी दिइयो । गत वर्ष अस्पतालले सात सय ६० जनालाई निःशुल्क उपचार सेवा उपलब्ध गराएको थियो भने ८० वर्षमाथि उमेरका ज्येष्ठ नागरिकलाई उपचार सेवामा लाग्ने शुल्कमा २५ प्रतिशत छुट दिँदै आएको छ ।
त्यसअवसरमा अस्पताल सञ्चालक समितिका कोषाध्यक्ष डा अनिलप्रसाद गोर्खालीले वार्षिक आयव्यय विवरण प्रस्तुत गर्दै गत आवमा रु तीन करोड, तीन लाख ७५ हजार रकम बचत गर्न सफल भएको जानकारी दिए ।
आँखाका बिरामीलाई सरल, सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने सिलसिलामा निकट भविष्यमै अस्पतालले बिमा प्रणालीलाई समावेश गर्ने तथा विधान संशोधनसम्बन्धी कार्य तीन महिनाभित्रै पूरा गरिने अस्पताल सञ्चालक समितिका अध्यक्ष डा गोपालप्रसाद पोखरेलले जानकारी दिए ।
साधारणसभाले अस्पतालका सचिव युद्धध्वज सापकोटाद्वारा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रमसम्बन्धी प्रतिवेदनलाई अनुमोदन गरेको छ । स्थापनाको ५१औँ वर्षमा रहेको अस्पताले विशेषज्ञसहित एक सय २६ कर्मचारीमार्फत आँखासम्बन्धी सम्पूर्ण गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ ।
अस्पतालले निजी क्षेत्रबाट चश्मा बिक्रीमा हुन सक्ने मूल्य वृद्धिलाई रोकी बजार मूल्य नियन्त्रण गर्न चश्मा पसल सञ्चालन गर्दै आएको छ ।

मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मिर्गौला र कलेजोको सफल प्रत्यारोपण

निजामती अस्पतालमा नयाँ प्रविधिबाट घुँडाको जोर्नी प्रत्यारोपण सुरु

स्वास्थ्य बीमा बोर्डले माग्यो १८० मेडिकल अधिकृत

नमूना भेटेरिनरी अस्पताल निर्माण सुस्त

चिकित्सकले ‘मोबाइलको लाइट’ बालेर ‘आइसीयू’ र ‘सिसीयू’ कक्षका बिरामी जोगाए
भारतमा कोभिड देखिएपछि पर्सामा सतर्कता अपनाइने

सुर्तीजन्य पदार्थ नियन्त्रणमा स्थानीय सरकार जिम्मेवार बन्नुपर्ने

प्रतिक्रिया