न्यायालयलाई गरिमामय बनाउन सबैले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्छ : प्रधानन्यायाधीश राउत

काठमाडौँ - प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायालयलाई गरिमामय बनाउन सबैले जिम्मेवार भएर भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।
सर्वोच्च अदालतले शनिबार काठमाडौंमा आयोजना गरेको वरिष्ठ अधिवक्ताको प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश राउतले गरिमामय वा स्वच्छ न्यायालयले त्याग, समर्पण, गहिरो अध्ययन लगायतको माग गर्ने भएकाले त्यसका लागि सबै तयार हुनुपर्ने समेत बताए ।
न्यायालयलाई गरिमामय र स्वच्छ बनाउनका लागि आफू तयार रहेको भन्दै उनले त्यसैका लागि सुधारका धेरै प्रयास थालिएको जानकारी दिए ।
प्रधानन्यायाधीश राउतले टिक्दै नटिक्ने मुद्दाहरूमा वरिष्ठ अधिवक्ताको उपस्थिति देखिए छवि र स्तर प्रष्ट देखिने भएकाले सजक हुन सुझाव दिए ।
अदालतमा पुग्नै नहुने मुद्दा पुग्दा वरिष्ठ अधिवक्ताको छविका साथै अदालतको समय पनि बर्बाद हुने उनको भनाइ छ ।
न्यायालयलाई स्वच्छ बनाउने काममा हातेमालो गर्न उनले वरिष्ठ अधिवक्ताको उपाधि पाइकाहरूलाई आग्रह गरे । वरिष्ठ अधिवक्ता जिम्मेवारी सबैका लागि अनुकरणीय हुनुपर्ने उनको भनाइ छ ।
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

सुनवाइ नसकिए पछि कुलमान र हितेन्द्रदेवको मुद्दा हेर्दाहेर्दैमा
विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

प्रतिक्रिया