विषयभन्दा बहस बाहिर गयो भन्दै झोक्किँए प्रधानन्यायाधीश

काठमाडौँ : सभामुख अग्निप्रसाद सापकोटाका कानुन व्यवसायीले विषयभन्दा बहस बाहिर गएर बहस गरेको भन्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा झोक्किँएका छन् । सभामुख सापकोटाका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता श्रीकृष्ण प्रपन्न सुवेदीले विषयभन्दा बाहिर गएर बहस गरेको भन्दै प्रधानन्यायाधीश राणा झोक्किँएका हुन् ।
सुवेदीले प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक विघटन भएको प्रतिनिधि सभा पुनःस्थापना भएपछि प्रतिनिधि सभालाई असहयोग गरेको बताएका थिए । 'प्रतिनिधि सभा विघटन गर्दा भामुखसँग सल्लाह गर्नुपर्थ्यो । तर कुनै सल्लाह नगरी विघटन गरियो । पहिलो पटक गरिएको विघटन बदरपछि प्रधानमन्त्रीले पटक-पटक हाउसले असहयोग गर्यो भन्नुभयो । तर प्रधानमन्त्री नै हाउसमा एक पटक पनि उपस्थित हुनुभएन । ९ पटकको बैठकमा उहाँ उपस्थित हुनुभएन,' सुवेदीले बहसका क्रममा भने ।
त्यसपछि राणा विषयभन्दा बहस बाहिर गयो भन्दै झोक्किँएका हुन् । 'विषयमा आउनुस् । किन हाउसको कुरा ल्याउनुहुन्छ ?,' प्रधानन्यायाधीशले झर्केर भने ।
जवाफमा सुवेदीले भने, 'पुनःस्थापना भएको संसद्लाई असहयोग गरेको विषय भनेको हो श्रीमान ।'

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया