दोस्रो इलाम गोल्डकप सुरू : संकटालाई ‘ट्राइबेकर’मा हराउँदै आयोजक विजयी

इलाम - इलाम गोल्डकपको दोस्रो संस्करणको उद्घाटन खेलमा सङ्कटा क्लब काठमाडौँलाई हराउँदै आयोजक रेडहर्स फुटबल क्लब दोस्रो चरणमा पुगेको छ । खेलको निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि ट्राइबेकरबाट नतिजा निकालिएको हो । ट्राइबेकरमा चार तीन गोल अन्तरले आयोजक रेडहर्स फुटबल क्लब विजयी भएको छ ।
खेलको ‘म्यान अफ दी म्याच’ आयोजक रेडहर्सका गोलकिपर विवेक मगर भए । शनिबारदेखि खेल सुरू भएको हो । आइतबार दार्जिलिङ र एनआरटीबीच दिउँसो २ बजेदेखि प्रतिस्पर्धा हुने आयोजक संस्थाले जनाएको छ । ‘ए डीभिजन’ सहित आठ टोली सहभागी प्रतियोगिता मङ्सिर २९ गतेसम्म सञ्चालन हुने भएको छ ।
इलाम गोल्डकपको दोस्रो संस्करणमा पुरस्कार राशि बढाएर दोब्बर बनाइएको बताइएको छ । विजेताले नगद रू १० लाख पाउनेछ । उपविजेताले रू पाँच लाख पाउने आयोजक समितिका अध्यक्ष साङ्गे यल्मुले जानकारी दिए ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया