आइतबार १८ जेठ, २०८२
Sunday, June 01, 2025

झापामा ८३ वर्षीया बृद्धाको हत्या, दुई पक्राउ

झापामा ८३ वर्षीया बृद्धाको हत्या भएको छ। शनिबार अपरान्ह हत्या गरेको अवस्थामा झापा गाउँपालिका वडा नम्बर ६ पुष्पाञ्जली टोलकी फूलमाया मुर्मुको हत्या भएको हो।

हत्या आरोपमा प्रहरीले झापा गाउँपालिका-७ का २८ वर्षीय अजय यादव र शिवसताक्षी नगरपालिका-७ २४ वर्षीय अशोक यादवलाई पक्राउ गरेको छ।

हत्या गरेको अवस्थामा मुर्मुको शव फेला परेपछि प्रहरीले कुकुरसहितको टोली परिचालन गरेको थियो।

अनुसन्धान अनुसार बृद्धालाई दुई जनाले टाउको र चिउँडोमा कलको ह्यान्डिल र फरुवा प्रहार गरेको पाइएको झापा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बताए।

यादवद्वयलाई झापा गाउँपालिका वडा नम्बर ७ कै मदरगाछबाट पक्राउ गरिएको चन्दले बताए। बृद्धाको हत्या गर्नुको कारणबारे पक्राउ परेकासँग सोधपुछ जारी रहेको प्रहरीले जनाएको छ।